श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक ०५ गते मङ्गलबार, २२ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको नवमी तिथि २३ः२८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र तिष्य १३ः४५, उप्रान्त अश्लेशा । चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः०८ र सूर्यास्त ५ः२७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नोकरी तथा सामाजिक काममा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । अरूको काममा बढी समय दिनुपर्ला । बन्न लागेको काममा विध्न बाधाहरू आइपर्न सक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला । आकस्मिक धनलाभ होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामका नया“ अवसर प्राप्त हनेछन् । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय मध्यमखालको छ । धन आर्जनको नयाँ स्रोत पत्ता लाग्नेछ । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।