श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक ०८ गते शुक्रबार, २५ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको द्वादशी तिथि १६ः३१ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वफाल्गुनी ०९ः११, उप्रान्त उत्तरफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ६ः१० र सूर्यास्त ५ः२४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । मनमा शान्ति रअनुहारमा कान्ति छाउला । छोटो दूरीको लाभदायी यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक काममा सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्र मिलनको योग छ । आर्थिक क्षेत्रमा सफल बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नया“ श्रोतहरू पत्ता लाग्नेछन् । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मुद्दा मामिलमा तपाईको विजय होला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधान हुनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद होला । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । आम्दानीका नयाँ श्रोत फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला । वैदेशिक यात्राको सुवर्ण अवसर प्राप्त होला ।