श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल कार्तिक १० गते आइतबार, २७ अक्टोबर २०१९ । कार्तिक कृष्णपक्षको चतुर्दशी तिथि ११ः५० बजेसम्म, उप्रान्त औंसी, नक्षत्र चित्रा २३ः३१, उप्रान्त स्वाती । चन्द्रमाराशि कन्या, सूर्योदय ६ः११ र सूर्यास्त ५ः२२ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । वैदेशिक भ्रमण गर्ने अवसर मिल्ला । सानो कामबाट ठूलै उपलब्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । शुभसमाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । दाम्पत्य जीवन सुखमय वातावरणमा बित्ला । धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीसित भेट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ हुनाले मन प्रसन्न रहला । नजिकको व्यक्तिबाट सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । स्वास्थ्यमा केही समस्या आइपर्न सक्छ । बन्न लागेको काममा बिघ्न वाधा आइपर्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय राम्रो छ । तपाईंका इच्छा आकांक्षा पूरा हुनेछन् । सन्तान सुख प्राप्त होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मन प्रसन्न रहला ।