वि.सं. २०७६ कात्तिक १४ बिहीबार, इ.स. २०१९ अक्टोबर ३१। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। चतुर्थी, २८:२४ उप्रान्त पञ्चमी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । घरपरिवारमा खुशीयाली छाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । धन आर्जनका नयाँ स्रोत फेला पर्नेछ । रमाइलोमा दिन बित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपार्इंको विजय होला । साथीभाइको साथ र समर्थन प्राप्त भइरहला । नयाँ कामको शुभारम्भ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ । विश्वासपात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । रमाइलोमा दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । रमणीय स्थानको भ्रमण हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । नया“ तथा रमणीय स्थानको भ्रमण होला । मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।