श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०,वि. सं. २०७६ साल कार्तिक १५ गते शुक्रबार, ०१ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको पञ्चमी तिथि २३ः१० बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मुल २३ः३१, उप्रान्त पूर्वाषढा । चन्द्रमाराशि धनु, सूर्योदय ६ः१५ र सूर्यास्त ५ः१८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । मायाप्रेमको सम्बन्ध विस्तार होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेट होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवामूलक कार्यक्रममा संलग्न भइएला ।अवरोध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या र बुद्धिको विकास हुनेछ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । घर परिवारमा धार्मिक कार्य हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ कार्यको चर्चा चल्नेछ । कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सयम उत्तमखालको छ । वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपार्इंको विशेष स्थान रहला । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।