श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०,वि. सं. २०७६ साल कार्तिक १७ गते आइतबार, ०३ नोभेम्बर २०१९ । कार्तिक शुक्लपक्षको सप्तमी तिथि २३ः१० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरषाढा २३ः३१, उप्रान्त श्रवण । चन्द्रमाराशि धनु, सूर्योदय ६ः१६ र सूर्यास्त ५ः१७ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । रचनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यकान्य व्यक्तिसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म कर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । मित्रमिलनको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । शुभ समाचर सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुन चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा जमिन तथा तत्जन्य कार्य व्यवसायमा मन जोनछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । व्यापार व्यवसायमा सोचे भन्दा राम्रो सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।