श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल माघ २१ गते मङ्गलबार, ०४ फेब्रुअरी २०२० । माघ शुक्लपक्षको दशमी तिथि १७ः५७ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र रोहिणी २०ः०६ बजेसम्म, उप्रान्त मृगाशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४६ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय मध्यमखालको छ । आम्दानीको तुलानामा खर्च अत्याधिक होला । सवारी साधन सावधान हुनुहोला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको अवसर छ

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भयएला । विछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन पाठन तथा लेखन कार्यमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन आर्जनका नयाँ श्रोतहरु पत्तालाग्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु होला । मन आनान्दित रहला

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्यामामिलामा तपाईको विजय होला । नपत्याएका साथीभाइसित उचित सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्यव्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसियाली छाउला । दिनको उत्तरार्धतिर शुभ हुनेछ ।