यति बेला विश्व समुदाय नै कोरोना भाइरसको त्रासमा छ। निकै विकसित र सुविधा एवम् प्रविधि सम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन।चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको कोरोनाभाइरसको प्रभाव विश्वव्यापी रूपमा बढ्दो क्रममा छ। विश्वमा झण्डै १५ लाख मानिसमा संक्रमण फेलिसकेको छ । भने ६९ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारत मै संक्रमणको संख्या ४हजार नाग्यो । ११७ भन्दा माथिले ज्यान गुमाइ सकेका छन् । यो अवस्थामा नेपालमा पनि ९ जनामा संक्रमण देखिएको छ । यो संक्रमण नेपालमा पनि महामारीकाे रुपमा फैलन सक्ने सम्भावना छ । त्यसैले सबै सजक र सचेत हुनु जरुरी छ । यो संक्रमणले वृद्ध रोगीहरुलाई बढि प्रभावित बनाउने छ । मधुमेह,प्रेसरका विमारीका लागि यो खतराको संकेत हुन सक्छ । यस्ता विमारीले रोगसँग लड्न सक्ने क्षमता बनाउनलाई खानपानमा ध्यान पु¥याउदैं घरबाट बाहिर ननिस्किनु उत्तम उपाय हो ।
- चिनी रोगी सजग हौं
मधुमेहलाई डायबिटिज मिलाइटस र नेपालीमा चिनी रोगी बाल बालिका या बुढा मानिसहरु मधुमेह , रक्तचाप या जसलाई पहिले देखि नै रोग लागे को मानिसलाई बढी खतरा हुने गरेको छ । अहिलेसम्म मर्नेको संख्या हेर्दा रोगी र वृद्धहरु नै रहेका छ् ।
कोरोना भाइरस टाइप वान डायबिटिज र टाइप टु डायबिटिज रोगी दुवै लाई खतरा छ ।
- टाइप वान डायबिटिज
मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला ‘इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस’ वा ‘अपरिपक्व मधुमेह’ भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।
- टाइप टु डायबिटिज
इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्। रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ।यसलाई पहिला ‘इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस’ वा ‘परिपक्व हुन लागेको मधुमेह’ भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टु डायबिटिजका प्रमुख कारकहरू हुन्।

आज दुनिया को डाटा हर्दा मधुमेह रोगी कोरोना भाईरसको संक्रमणले गर्दा मृत्युको संख्या पनि बढी रहेको छ ।
मधुमेहको रोगी कोरोना भाइसरको संक्रमणबाट बच्न के गर्ने
- समयमा उठने ,समय नुहाउने
- ८ /१० घण्टा सुत्ने
- चिन्ता न लिने र सकारात्मक समाचार हेर्ने र सोच्ने किनकी यसो गर्दा शरीरमा हर्मोन बढाउन सकिन्छ र इमुनिटी पावरबढ्छ ।
- किताब पढने ,संगीत सुन्ने आदि गर्नु पर्छ
- मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने ।
- शारीरिक व्यायाम कम्तिमा बिहान ३० मिनट र बेलुकी ३० मिनट गर्ने ।
- शरीरको तौल सामान्य राख्ने ।
- सुर्तीजन्य पदार्थहरू खानु हुँदैन।
- रक्तचाप नियन्त्रणमा राख्नु पर्छ ।
- खुट्टाहरूको हेरविचार गर्नु पर्छ ।
- खानामा विशेष ध्यान पुराउनु पर्छ ।
- बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने ।
- धुम्रपान र मध्यपान त्याग्ने ।
- बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने
- सन्तुलित र नियमित भोजन लिने ।
- ब्लड सुगर आफै जाच्ने ।
- रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने।
- भिडभाडमा सावधानी अपनाउने। भीभाडमा जादै नजादा राम्रो ।
- जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने।
- खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने ।
- इन्सुलिन या औसधी चिकिस्तकको सलाह लिई उपभोग गर्ने ।
(बाल रोग विशेषज्ञ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान)