श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन १२ गते सोमबार, २७ जुलाई २०२० । श्रावण शुक्लपक्षको सप्तमी तिथि ०९ः१६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र चित्रा १३ः५३ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ५ः२५ र सूर्यास्त ६ः५३ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
प्रेम र मित्रताको बन्धन कसिनेछ । दाम्पत्य जीवन सुखमय बित्ला । सहकर्मीहरूबाट विशेष सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तम खालको छ । व्यापार–व्यवसायमा विशेष लाभ मिल्नेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह) शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्नेछ । शुभसमाचार प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तित्वहरूस“ग रमाइला े भेटघाट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । साथीभाइको सहयोग प्राप्त भइरहला । रमाइलो यात्राको योग परेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम खालको छ । अध्ययन–अध्यापनमा सफलता मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक एवम् सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । घरपरिवारमा शुभ कार्यको चर्चा चल्नेछ । अतिथि सेवा, सत्कार गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । फलदायी यात्राको अवसर मिल्नेछ । शुभसमाचार मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ने योग छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न रहनेछ ।