ब्लाष्टखबर । धरानामा झुन्डिएकाे अवस्थामा युवती मृत फेला परेकी छिन् । धरान १६ स्थित जाेरसुवामा मामल बस्दै आएकी २२ बर्षीया अप्सना परियार झुण्डिएकाे अवस्थामा मृत फेला परेकाे इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताएका छन्।
उनका अनुसार युवती हिजाे राती करिव ९ बजे घरकाे काेठा भित्र पङ्खामा सलकाे पासाे लगाइ झुण्डिएकाे अवस्थामा मृत फेला परेकाे हाे ।
मृतक युवती मामली हजुरबुबा, हजुरआमा संग बस्दै आएकी थिइन्, आमापनि नजिकै बस्ने भएकाेले साझमा खाना खान हजुरबुबा, हजुरआमा आमाकाे घर गएकाे र फर्किदा अप्सरा झुन्डिएकाे अवस्थामा भेटेकाे मृतककाे आफन्तलाइ उद्ध्रित गर्दै१६ का वडाअध्यक्ष दिलकुमार गिरीको बताएका छन् । घटना मुचुल्का गरेर शव पोष्टमार्टमको लागि लगिएको पनि डिएसपी बस्नेतले बताएका छन् ।