ब्लाष्टखबर । इटहरीकी आरतीको हत्यामा संलग्न फरार अभियुक्त ५ वर्ष पछि पक्राउ परेका छन् ।

२०७२ बैशाख १५ गते ललितपुर गोदावरी नगरपालिका-५ लेले फैडोल सामुदायिक वनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएकी इटहरी नगरपालिका-४ भई ललितपुर चापागाउँ बस्ने २६ वर्षीया आरती परियारको हत्यमा संलक्ग्नलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेकाे हाे । 

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले टाेलिले हत्या संलग्न सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई  पक्राउ  गरेकाे अपराध महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार घटनापश्चात यादव भारतस्थित बैङलोरमा लुकिछिपी बस्दै आएका थिए । बिहिबार दिउसाे उनलाई मैतिदेवीबाट पक्राउ गरेको हो । उक्राउ परेकबा यादवलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।