पाँचथर । १४ बर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा अदालतले दोषि ठहर गरेका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, का २५ वर्षीय उत्तम शेर्मा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शेर्माले २०७१ साल असोज २१ गते एक बालिकालाई जबरजस्ती करणीको प्रयास गरेका थिए ।
उनलाई घरैमा लुकिछिपि बसेको अवस्थामा बिहीबार प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको पाँचथर प्रहरीले जनाएको छ ।