धरान । खैरो हेरोइनको ओसारपसार तथा कारोबार गरेकाे अभियाेगमा प्रहरीले धरानबाट एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सप्तरीको पकरी २ घर भइ सुनसरीको इनरुवा नगरपालिका ३ बस्दै आएका ५२ बर्षीय राजकुमार सिंह पक्राउ परेका हुन्हेर । उनलाई हिजो शनिबार राती करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन(खोल)को पछाडितर्फ भित्री भागमा प्लाष्टिकको प्याकेजमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन वरामद भएको थियो । उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।