ब्लाष्टखबर । सुर्खेतमा अर्काकाे नाममा लाेकसेवा परीक्षा दिने एक जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालयमा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका-४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीकाे केन्द्रिय कार्यालयले जनाएकाे छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएकाे छ ।