ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओली र  जनता समाजवादी पार्टी (जसपा)का नेताबिच आज अपरान्ह ५ बजे भेटवार्ता हुने भएकाे छ । 

नेकपा विगठनसंगै राजनैतिक दलहरूमा सत्ता सहकार्यका विषयमा छलफल र परामर्श भइरहकाे बेला  प्रधानमन्त्रीले जसपाका नेताहरुसँग छलफल गर्न लागेकाे जसपाका एक नेताले जानकारी दिए ।

वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाइराख्न अर्को पार्टीको साथ लिनुपर्नेछ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  यसअघि नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवासंग भेट वार्ता गरेका थिए ।