ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न शनिबार सर्वदलसय बैठक बाेलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भाेली बिहान ११ बजेका लागी सर्वदलीय बैठक बाेलाइएकाे हाे ।
बैठकबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' लगायतका नेतालाई प्रधानमन्त्रीले जानकारी गराएकाे थापाले बताएका छन् ।
ललितपुरको एक कार्यक्रममा पुगेका प्रचण्डले प्रधानमन्त्रीकाे लामाे समयपछि फाेन आएकाे बताउँदै, उक्त कार्यक्रमकाे सम्वाेधनलाई छाेट्याएर प्रधानमन्त्रीलाई भेट्न भनि त्यहाँबाट फर्किएका छन् ।

संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थिति, काेराेना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएकाे बताइएकाे छ ।