ब्लाष्टखबर ।  नेकपा एमालेकाे विवाद सामधाका लागी कार्यदल गठन गर्ने सहमती भएकाे छ । हिजाे साझ सिंहदरबारमा  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएकाे छलफलका उक्त सहमती भरएकाे हाे । 

पार्टीलाई  जेठ २ काे नजिक फर्काउन कार्यदलमा बनाउने र कार्यदलका सदस्यको नाम अध्यक्ष ओली र नेता नेपालले तय गर्ने नेता भीमबहादुर  रावलले बताएका छन् ।

 पार्टी अध्यक्ष ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता का भएकाे छलफलमा एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएकाे नेता रावलले बताएका छन् । ्र