नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । 

हालसम्म २ हजार १२० मत गणना  हुँदा प्राप्त मतपरिणाम अनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको सुरुदेखिको अग्रता कायमै रहेकाे छ ।  सबैभन्दा बढी  थापाले १ हजार ३८५ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का प्रत्यासी  शर्माले ८५१ मत प्रप्त गरेका छन्। 

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले ६९८, प्रदीप पौडेलले ६२१ , डा मीनेन्द्र रिजालले ३६५ र डा राजाराम कार्कीले ५९ मत प्राप्त गगरेका छन्।

बिहान १०ः२० बजेदेखि सुरु भएको मत गणना ३ घण्टापछि सकेने कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले बताएका छन् उनका अनुसार  तीन स्थानमा मतगणना हुँदैछ । 

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु  थापा, डा  महत,  पौडेल, डा रिजाल, डा  कार्की र  शर्मा उम्मेदवार रहेका छन् ।