यासोक । प्रधानमन्त्री शेर बहादुर देउवा भोली सोमबार पाँचथर आउने भएका हुन । आङ्ना, मौवा बृहत पंम्पिङ खानेपानी योजनाको समुद्धघाटन गर्न तुम्बेवा गाउँपालिका आउने कार्यक्रम तय भएको हो । २०७४ सालदेखि सुरु भएको आङ्ना, मौवा बृहत पंम्पिङ खानेपानी योजनाको अन्तिम चरणमा पुगेसँगै उद्धघाटन गर्न चैत ७ गते प्रधानमन्त्री आउने कार्यक्रम तय भएको कांग्रेसका तुम्बेवा सभापती बाबुराम खड्काले बताए ।
समुद्धघाटन कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरी पनि आउने भएका छन । खानेपानीको मुख्य पाइपलाइन र वितरण लाइनको काम पूरा हुनै लाग्दा योजना प्रधानमन्त्रीबाटै समुद्घाटन हुन लागेको हो । समुद्घाटन कार्यक्रमको अन्तिम तयारी पूरा भएको उपभोता समिति अध्यक्ष देबेन्द्र खत्रीले जनाए ।