विजयपुर । किरात राई कान्छा राना साम्पाङ सेवा समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
चैत १ गते धरान–२ भानुचोक स्थित होटल धरान किचनमा समाजका अध्यक्ष महेन्द्र कुमार राईको अध्यक्षता सम्पन्न भएको थियो । साधारण सभामा बिबिध विषयमा छलफल गरी आर्थिक तथा सङ्ठानिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको थियो ।
सम्पुर्ण बंशहरुलाई गोलबन्द गर्ने निष्कर्षसहित सम्पन्न भएको समाजका सचिब राज कुमार साम्पाङ राईले जानकारी दिए । कार्यक्रममा सुनसरी र मोरङका कान्छा राना साम्पाङहरुको उपस्थिति रहेको थियो ।