श्री शालिवाहनीय शाके १९४३ ने. सं. ११४२ वि.सं. २०७८ साल चैत ९ गते बुधबार, २३ मार्च २०२२ । राक्षसनाम संवत्सर, चैत्र कृष्णपक्षको षष्ठी तिथि २ः३१ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अनुराधा १९ः०४ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०९ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा ध्यान केन्द्रित हुनेछ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । मिहिनेतले काममा चुनौतीहरू हट्नेछन् ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापार लगायत आर्थिक लाभ हुने कामबाट फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धामा सफल हुन सकिने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनग्य धनलाभ हुनाले आवश्यकता पूरा गर्न सकिनेछ । अध्ययनको क्षेत्र फराकिलो बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिन राम्रो छ ।