विजयपुर / किरात खम्बुवान साझा पार्टी उदयपुर जिल्ला समिति पुनर्गठन भएको छ ।
बुधबार ध्रवराज राईको अध्यक्षमा २१ सदस्यीय समिति बनेको हो । समितिको उपाध्यक्षमा गोपाल मग्राती, ज्ञानेन्द्र राई, गिता माझि रहेका छन् ।
सचिवमा देवराज मगर, सहसचिवमा आङबाबु राई, कोषाध्यक्ष पञ्चमाया राई, र सहकोषाध्यक्षमा मकरबहादुर विक चयन भएका छन् । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष भुपी कोयी राईले नवनिर्वाचित कार्यसमितलाई सफत गराउँदै स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षण दिएका थिए ।
विशेष अतिथि केन्द्रीय उपाध्यक्ष देवीबहादुर राईले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । पार्टीले पुनर्गठित समितिले आगामि स्थानीय निर्वाचन लागि बेलाका नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ वडा र चौडण्डीगढि नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७ र ९ मा उम्मेदवार छनौटसमेत गरेको प्रवक्ता देवीबहादुर राईले जानकारी दिए ।