पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा वडा स्तरीय प्रथम अध्यक्ष उपाध्यक्ष कपको उपाधि वडा नं. ५ ले जितेको छ ।
कानेपोखरी खेलकुद परिषद समितिको आयोजनामा मंगलबार भएको फाइनल खेलमा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. ३ ले उपाधि जित्न सफल भएको हो । विजेताले वडा नं. ३ ले नगद ५० हजार र उपविजेता वडा नं. ३ ले ३० हजार साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामले प्रदान गरेका थिए । साथमा अतिथि वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, कानेपोखरी खेलकुद परिषद समितिका अध्यक्ष चरण गुरुङ सहितले प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय समाजसेवी कुमार फुयल, अशोक फुयल, रमेश फुयल लगाएत उपस्थित रहेका थिए ।
खेलमा बेष्ट कोचमा वडा नं. ५ का पदम धिमाल, बेष्ट स्पाइकरमा वडा नं. ५ का रुद्र चौहान, डिफेन्स वडा नंं ५ का शिवराज धिमाल, ब्लकर, बेष्ट लिफ्टरमा वडा नं. ५ का धर्मराज धिमाल, र वडा नंं. ३ का शिवराज सापकोटा प्लेयर अफ द सेरिज घोषित भएका थिए । उनिहरुलाई जनही ३ हजार र ट्रफी र मेडल प्रदान गरिएको थियो ।
खेलमा गाउँपालिकाको ६ वटा वडाले मात्र सहभागीता जनाएको थियो । वडा नं. १ ले सहभागिता जनाएनन् । खेलमा समूह बी मा परेका वडा नं. १ सहभागिता नहुँदा वडा नं. ५ लाई सिधै फाइनल खेल मात्र खेलेका थिए । टाईसिटमा वडा नं. ५ वाईमा परेको थियो । उता समूह ए मा परेका वडा नं. ३ ले वडा नं. ६ र ४ लाई पराजित गर्दै फाइनलमा पुगको थियो । खेलको उद्घाटन र समापन गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामले गरेकी थिइन ।
कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सही मार्गदर्शन गराई उनीहरुको भविश्य उज्वल बनाउन प्रयन्न गर्ने र फुटबल खेलको माध्यमबाट यस कानेपोखरी गाउँपालिकालाई जिल्ला, प्रदेश हुर्दै राष्ट्र मै चिनाउनका लागि प्रयत्न गर्ने लगाएको उद्देश्य सहित खेलको आयोजना गरेको थियो ।
कानेपोखरी खेलकुद परिषद समितिको अध्यक्ष चरण गुरुङको सभाध्यक्षतामा समापन भएको कार्यक्रममा समितिका सदस्य एविन पाठकले संचालन गरेका थिए ।