प्रतिनिधिसभा सदस्यकाे शपथ लिएकाे भाेलिपल्ट बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्  ।

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका उनले बिहिबार पद तथा गाेपनियताकाे शपथ लिएका थिए । शपथपछि शुक्रबार (आज) हेटौँडा पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा पेस गरेका हुन् । 

शर्माद्वारा उनकाे राजीनामा स्विकृत गरेपनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन बताएकाे  बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।