काठमाडौँबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
सेतोपाटी डटकमले कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई गर्दै उद्धृत अहिलेसम्म ३० जनाको शव फेला परेकाे उल्लेख गरेकाे छ।
बिहान १०ः ३३ बजे काठमाडौँबाट उडेको यती एयरलाइन्सको विमान स्थलबाट करिब २ किलोमिटरको दुरीमा पोखरा महानगरपालिका ७ र १५ को सिमानामा रहेको सेती नदीकाे खोचमा दुर्घटना भएको हो ।
११ बजेर १० मिनेटमा दुर्घटना भएको उक्त जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना सवार रहेका थिए । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो पौने १२ बजे सम्म निभाउन सकिएको छैन ।