देउराली  । पोखरामा यति एयरलाइन्सकाे जहाज दुर्घटनामा परेका ७२ जनामध्ये हालसम्म  ४० जनाको शव फेला परेको छ । 

काठमाण्डाैँबाट ४ सदस्यीय चालक दलसहित  ६८ यात्रु लिएर १० ः ३३  पोखराको लागि उडेकाे यति एयर प्रालिको एएनसी एटीआर ७२  विमान पाेखरा विमान स्थलबाट करिब २ किलोमिटर सेती नदीको  खोचमा ११ बजेर १० मिनेटमा दुर्घटना भएको थियो । 

उद्धार गरिएका शवहरूलाई पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले बताएका छन्  । ५३ जना नेपालीसहित ८ देशका नागरिक सवार जहान क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगरले भरेका थिए ।

नेपाल सरकारले भोलि दुर्घटनाको शोक बिदा दिने भएको छ । दुर्घटनासँगै बालुवाटारमा  आपत्कालीन बसेकाे मन्त्रिपरिषदकाे बैठकले भाेलि माघ २ गते जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेकाे  सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।