देउराली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरूको भ्रमण गरेकी छन् । 

आज बिहान १०ः २० मा वराहक्षेत्र स्थित वराहक्षेत्र मन्दिर परिसरमा  नेपाली सेनाको हेलिकप्टर मार्फत अवतरण गरिएकी भण्डारीले वराहक्षेत्र मन्दिरको दर्शन गरेकी थिइन् । 

वराहक्षेत्र मन्दिरको दर्शन गरेर  धरानस्थित फुस्रेमा रहेको नेपाली सेनाको ब्यारेक आएकी भण्डारीले धरान १४ विजयपुर स्थित  विभिन्न धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन  गर्नुका साथै यहाँ रहेका मठमन्दिरहरूमा पूजापाठ समेत गरेकी छन् ।

उनले विजयपुर स्थित प्रसिद्ध धार्मिक स्थल दन्तकाली मन्दिर , पिण्डेश्वर  बाबा धाम र  बुढासुब्बा मन्दिरमा पूजापाठ  गरेकी हुन्  । उनीसँगै  प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि पूजापाठ गरेका थिए ।