प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् । सत्ता साझेदार दलहरूबाट मन्त्रालयको बाडफाड गरी २३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
नवगठित मन्त्रिमण्डलमा मध्ये सबैभन्दा बाढी एमालेले ८ वटा मन्त्रालय पाएको छ भने माओवादी राप्रपा र रास्वपाले १ राज्य मन्त्रीसहित ३ वटा मन्त्रालय पाएका छन् । भने जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । २ सिट दिइएको जसपाले भने असन्तुष्टि जाहेर गरेपछि जनाएपछि जसपा समेतका दलहरूलाई समेट्न केही मन्त्रालय बाँकी राख्दै मंगलबार मन्त्रिमण्डल विस्तार गरिएको छ ।
नव नियुक्त मन्त्रीहरूमा राप्रपाबाट राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा मन्त्री बनेका छन् ।एमालेबाट मन्त्री बनेका हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य मन्त्रालय पाएका छन् यसै गरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
यस्तै राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।
नेकपा माओवादी केन्द्रबाट सञ्चार मन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृति पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपालीले नियुक्त भएकी छन् ।
जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका छन्। नियुक्त भएका मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।