देउराली ।   नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको भूमि मिचिएको कुरा भारतलाइ जानकारी गराउन नहुने ? भन्दै संसदमा प्रश्न उठाएका छन् । 

सोमबार संसदमा विशेष समय लिएर बोल्दै, उनले छिमेकी देशका सेना सीमा भन्दा वर आएर बस्ने तर नेपालले सीमा मिचियो भन्न नमिल्ने भन्ने नहुने तर्क गरे । 

प्रतिपक्ष दलका नेता समेत रहेका ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सीमा विवादको विषयमा फितलो प्रदर्शन गरेको भन्दै आपत्ति जनाए । उनले नेपालको भूमि मिचिएको भन्ने तत्थ्य र प्रमाण हुँदा हुँदै पनि प्रधानमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको तर्क गरे । उनले भने ‘ सुगौली सन्धि भन्दा ठुलो तत्थ्य प्रमाण के हुन सक्छ । तर प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ।’ 

दुवै सदनले पारित गरेर संविधान संशोधन सुगौली सन्धिले तोकेको भूमि फेरी आफ्नो भनेर प्रमाणित गर्न आवश्यक नरहेको उनको तर्क छ । ‘१ सय ४६ वर्षसम्म हामीले भोग चलन गरेको भूमि हामीले सदर गर्नु पर्‍यो भने । उनले भने सदर त सदर भई सक्यो नि । हामीले संविधानले सदर गर्‍यो । सबैले सदर गर्‍यो । इतिहासले सदर गर्‍यो । दुनियाँमा भएका नक्साहरूले सदर गर्‍या छ ।’ ओलीले भने । 

तर आवश्यक परे वार्तामा प्रमाण पेस गर्न नेपाल तयार रहेको बताए ।