धरान । धरानमा ‘पहिचानका लागि युवा’ समूहले राँके जुलुस प्रदर्शन गरेको छ ।
कोशी प्रदेशको नामकरण खारेजीको माग गर्दै समूहले धरानमा शनिबार राँके जुलुस प्रदर्शन गरेको हो । समूहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले पहिचानका लागि भइरहेको आन्दोलनलाई ‘आतङ्ककारी’ भनेको विरोधमा युवा समूहले राँके जुलुस प्रदर्शन गरेको जनाएको छ ।
पहिचानका लागि गरिएको आन्दोलनलाई आतङ्ककारी भनी अपमानित गर्ने कार्यको विरोध गरिएको जनाए ।