प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 

यसअघि दिउँसो १ बजेका लागि तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दुई घण्टा पछाडि अर्थात् ३ बजेका लागि सारेका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेछ ।