प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नि सीता दाहाललाई हिन्दु संस्कार अनुसार अन्त्यष्टि गरिएको छ । राजकीय सम्मानसहित पशुपति आर्यघाटमा दाहालकाे अन्त्येष्टि गरिएको हाे ।
दुई छोरीहरु गंगा र रेणुसँगै प्रधानमन्त्री दाहालले पत्नी सीतालाई दागबत्ती दिएका छन् । अन्तिम संस्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका छन् । आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए ।