जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आइरहेकामा आजबाट थप १७ किलोमिटर सेवा सन्चालनमा आउने भएको छ ।
जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको रेल सेवाको उदघाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन्।
रेल्वे सेवा अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफनो क्षेत्र विस्तार गरेको हो ।
जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।
आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उदघाटन गर्ने कार्यक्रममा सहभागी हुन मन्त्री ज्वाला जनकपुर आउने कार्यक्रम रहेको छ।