केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नगरेकाे भन्दै रास्वपा तथा राप्रपाका सांसदहरूले संसद् अवरूद्ध गरेका छन् ।
कानूनमन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नियमापत्ति गरेका छन् ।
सभामुख विधेयक पेश गर्ने प्रक्रियाबारे नियमावलीको व्यवस्था सुनाउँदै सुनाउँदै पटकपटक बस्न अग्रह गरेपनि नमानेपछि बैठक पन्द्र मिनेटका लागी स्थगित गरिएकाे छ ।