वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–२ स्थित सुनसरी–मोरङ सिँचाइ योजनाको नहरमा रहेको चतरा जलविद्युत् केन्द्रस्थित नहरमा महिलाको शव फेला परेको छ ।
उक्त शव उदयपुर जिल्ला बेलका नगरपालिका–८ को सेतीखोला घर भएकी नम्रता भनिने ३२ वर्षीया मनमाया अछामीको रहेको इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर रञ्जन मिश्रले जानकारी दिए । गर्भवती रहेकी अछामी मोरङको उर्लाबारीमा रहेको माइतीघरमा जाने भन्दै असोज ३ गतेबाट हराइरहेकी थिइन् । महिला हराएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय चतरामा सूचना जाहेर गरेका थिए ।
जाहेरीको आधारमा महिलाको शवको पहिचान उनको नन्दले गरेकी थिइन् । उनको श्रीमान् विदेशमा रहेकाले शव नन्दले पहिचान गरेकी थिइन् । शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इन्स्पेक्टर मिश्रले जानकारी दिए ।