विजयपुर । दशौं राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउन सुनसरीको महिला बास्केटबल टोली काठमाडौं प्रस्थान गरेको छ ।


आइतबार प्रशिक्षक तथा म्यानेजरसहित १४ जनाको टोली काठमाडौं गएको बास्केटबल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदीले बताए । उनका अनुसार टोलीलाई धरान–१२ स्थित मेघा–हिमालयन कलेजले बिदाइ गरेको थियो । टोलीमा रहेका १२ खेलाडीमध्ये ७ जना मेघा हिमालयन कलेजका विद्यार्थी रहेका छन् । प्रतियोगितामा सुनसरीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै कलेज तथा संघका पदाधिकारीहरूले टोलीलाई शुभकामना दिएका थिए ।