श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार ९ गते मङ्गलबार, २३ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको नवमी तिथि ०४ः५८ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र हस्ता १२ः१० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०७ः०२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामको चाप बढ्नेछ। केही दौडधुप गर्नुपरे पनि फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो काम प्रारम्भ हुनसक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ।