विजयपुर । सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित कोशी राजमार्गबाट प्रहरीले भन्सार छली गरी ल्याइएको करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ।
बुधबार अस्थायी प्रहरी चौकी तिनकुने र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले कोशी राजमार्गमा यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो। प्रहरीका अनुसार चेकजाँचका क्रममा बिल तथा भन्सारसम्बन्धी आवश्यक कागजातबिनाका किराना सामान फेला परेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी बढाउँदै नियमित रूपमा सवारीसाधन तथा सामानको चेकजाँच भइरहेको प्रहरीले जनाएको छ।

































