विजयपुर । सुनसरीको इटहरीबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी–४ का ३० वर्षीय अनिस श्रेष्ठ रहेका छन् । उनको साथबाट १.५२ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–४ स्थित भेटघाट चोकको भित्री सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १५ प ६३८९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा रोकी चेकजाँच गर्ने क्रममा युवक पक्राउ परेका हुन् ।
प्रहरीले श्रेष्ठलाई बरामद पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखेको जनाएको छ ।

































