प्रमिला अनुहार तथा शरीर दुवै दुष्टिकोणबाट ज्यादै सुन्दर छिन् । उनी जहिले पनि चिरिच्याँट्ट परेर बस्छिन् । उनको लोग्ने स्वाभावैले सरल तथा भद्र छन् । प्रमिलाको स्वभाव क्षुद्र किसिमको छ । उनी कुनै न कुनै बहानामा सधैं कचकच गरेर लोग्नेको ‘मुड अफ’ गरिदिन्छन् । यो श्रीमान्–श्रीमतीबीचको स्वभावमा आकाश–जमीनको फरक छ । तर यति सुन्दर श्रीमती पाउँदा पनि उनी श्रीमतीबाट सन्तुष्ट छैनन् । उता शीला शारीरिकरुपमा त्यति राम्री होइनन् । उनी सौन्दर्यका कृत्रिम रङहरुको पछि दगुर्दिनन् तर पनि उनको लोग्ने रमेश उनको वास्ता गर्छन् । खुब ध्यान दिन्छन् । समयमै घर आउँछन् । श्रीमती शीलाको सुख–दुःखको भावना बुभ्mछन् । श्रीमतीको सल्लाहमा नै कुनै पनि काम गर्दछन् । शीला आप्m्नो लोग्नेप्रति ज्यादै मायालु र शिष्ट व्यवहार गर्छिन् । त्यसैले रमेशको व्यवहार पनि आप्mनी श्रीमती शीलाप्रति ज्यादै सरल, सुसंस्कृत र मायालु छ । शीला ज्यादै मीठो बोल्छिन् । उनको बोलीमा आडम्बर छैन । वनावटी बोक्रेपन छैन । ‘जसले मीठो बोल्यो, उसले संसार जित्यो’ भनेभैंm मीठो बोल्यो । श्रीमान्–श्रीमतीले छिट्टै एक–आपसमा मायाको जरा गाड्छन् । मनमोहक, रसिलो बोलीमा आत्मीयता झल्किन्छ । शुद्ध मन र चोखो भावना नै सुन्दरता हो । कुनै पनि व्यक्तिमा कसैका सामु जुन किसिमबाट प्रस्तुत हुन्छ, त्यही किसिमबाट उसको व्यक्तित्व झल्कन्छ । उसको व्यवहारले उसलाई चिनाउँछ । मनोविज्ञानका विज्ञहरु पनि स्वीकार गर्दछन्–व्यक्तिको सुन्दरता उसको व्यवहारबाट झल्कन्छ । पुरुषहरु त्यस्ता स्त्री मन पराउँछन् जो देख्नमा ज्यादै सामान्य हुन्छन् तर पनि मृदुभाषी र मितव्ययी हुन्छन् । शिष्ट र विनम्र महिलालाई उनीहरु मन पराउँछन् । नारी स्वभावैले भावुक तथा संवेदनशील हुन्छन् । त्यसैले पुरुषहरु पनि नारीका सामु एकदमै निश्चल र कोमल हुनुपर्दछ । पुुरुषले नारीलाई बराबरीको स्थान दिएमा, नारीको मनोकामना गम्भीरतापूर्वक बुझेमा तथा उनलाई प्राथमिकता दिएमा हरेक समय उनको साथ बलियो रहन्छ । त्योे जीवन रङ्गिलो बन्दछ । ती नारी निस्फिक्री जीवन बाँच्दछिन् । अर्थात् जुन पुरुषले आप्mनी श्रीमतीको समस्या बुभ्mछ, आप्mनो भावना बाँड्छ र श्रीमतीका स–सना आवश्यकताप्रति पनि महत्वका साथ चासो राख्दछ, त्यस्ता पुरुषलाई श्रीमतीले बुभ्mदा–बुभ्mदै भन्नेछिन्–तपाईं जस्तोसुकै भए पनि तपाईं मेरो लोग्ने हो । तपाईं मलाई दिलोज्यान दिनुहुन्छ । त्यति भएपछि मलाई के चाहियो ? बाहिरी शरीर मात्र राम्रो भएर हुन्छ र ? तपाईंको मन स्वच्छ छ, सुन्दर छ । यसमा मलाई गर्व छ । तपाईंको सोच्ने तरिका, जीउको तरिका तथा तपाईंको हृदयको मानवता, त्योभन्दा सुन्दर अरु के हुनसक्छ ? वास्तवमा सद्व्यवहारभन्दा सुन्दर चीज यो संसारमा अरु केही छैन । यदि श्रीमान्–श्रीमतीले एक–आपसको विचारमा एकरुपता ल्याउँछन् र एक–दोस्रोको भलाइका लागि चिन्तन गर्छन् भने शारीरिक सुुन्दरता गौण भएर जान्छ । भनाइको अर्थ–त्यहाँ सुन्दरताको स्थान शरीर होइन, मनले लिन्छ । शारीरिक सौन्दर्य प्राकृतिक वरदान हो भने सदाचार, सद्व्यवहारलाई चाहिँ पारिवारिक संस्कारको उपलब्धि मान्नुपर्दछ । कुनै पनि व्यक्ति जति राम्रो वातावरणमा हुर्कन्छ, बढ्छ, तदनुरुपकै संस्कार उसमा विकसित हुन्छ । तब उसले दोस्रो व्यक्तिप्रति गर्ने व्यवहार सहज र कल्याणकारी हुन्छ । माथिका कुराले के प्रमाणित गर्दछ भने आप्mनो जीवनसाथीको मन जित्न शारीरिक रुपले सुन्दर हुन जरुरी छैन तर मानसिक रुपमा सुन्दर हुन जरुरी छ । जबसम्म मानसिक रुपमा श्रीमान्–श्रीमती सुन्दर हुँदैनन्, तबसम्म उनीहरुबीच वैचारिक एकता आउन सक्दैन । आजको दुनियाँ बुझेका मान्छेहरु मानसिक सुन्दरताको भोको बनेका छन् । श्रीमान्–श्रीमती कुनै एक बाहिरबाट थकित भएर घर आउँदा आप्mनो जीवनसाथीले वास्ता नगरेमा त्यहाँ घृणा उत्पन्न हुन्छ । त्यो रुपप्रति घृणा जाग्छ । यदि श्रीमान्–श्रीमतीले एक–आपसका समस्या र पीडा बुभ्mदैनन् भने उनीहरुबीच मोहभङ्ग हुनसक्छ । तसर्थ आजको व्यस्त जीवनमा असल जीवनशैलीले महत्व पाइरहेछ । असल जीवनशैली भन्नाले राम्रो आचरण, सहयोगी भावना तथा व्यावहारिक ज्ञान भन्ने बुभ्mनुपर्दछ । एक–अर्काप्रतिको मायालाई गाढा बनाउन असल जीवनशैलीको अनुकरण गर्नुपर्नै देखिन्छ, शीला र रमेशको सुखी परिवार जस्तै ।