राम वा रामचन्द्र, (रामायण अनुसार) प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारमध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकिद्वारा रचित, सँस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ । उनको विषयमा तुलसीदासले भक्ति काव्य ‘श्री रामचरितमानस’ को रचना गरेका थिए । विशेषरूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दूवादीहरुको पनि आदर्श पुरुष हुन् । राम, अयोध्याको राजा दशरथ र रानी कौशल्याको सबैभन्दा जेठो पुत्र थिए । रामकी पत्नीको नाम सीता थियो (जसलाई लक्ष्मीको अवतार मानिन्छ) र उनका तीन भाइ थिए– लक्ष्मण, भरत र शत्रुघ्न । हनुमान, रामको, सबैभन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरे । हिन्दू धर्मको कयौँ चाड पर्व, जस्तै दशैं र तिहार, रामको जीवन–कथा सँग जोडिएका छन् ।
आदौ रामतपोवनादिगमनम् हत्वा मृगं काञ्चनम् । वैदेहीहरणम् जटायुमरणम् सुग्रीवसम्भाषणम् । बालीनिर्दलनम् समुद्रतरणम् लंकापुरी दाहनम् । पश्चाद्रावणकुम्भकर्णहननम् यतद्धि रामायणम् ।।
जन्म: भगवान् श्रीरामको जन्म आधुनिक भारतमा पर्ने अयोध्या शहरका राजा दशरथको घरमा जेष्ठ पुत्रको रूपमा भएको थियो । रामायणका अनुसार भगवान विष्णुले आफ्ना सोह्रै कलाहरू राजा दशरथको घरमा अलग–अलग रूपले श्रीराम (१३ कला), लक्ष्मण (२ कला), भरत र शत्रुधन क्रमशः एक एक कलामा विभाजित गरेर चारवटा पुत्रको रूपमा जन्म लिएका थिए । तीमध्ये सबैभन्दा जेठा श्रीराम जसलाई राम, रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि अलग अलग नामले चिनिन्छ । मर्यादापुरुष श्रीराम पितृवचन मान्नेहरूमा एक हुन् । उनकी माताको नाम कौशल्या थियो । राजा दशरथलाई धेरै दिनसम्म कुनै सन्तान नभएका कारण गुरु वशिष्ठको आज्ञानुसार पुत्रेष्ठी यज्ञ गराएका थिए । त्यसपछि राजा दशरथकी तीनवटी रानीहरूबाट चारवटा छोरा जन्मेका थिए । शिक्षा तथा विवाह भगवान श्रीराम र उनका भाइ लक्ष्मणलाई गुरु विश्वामित्रले प्राचीनकालको धनुर्विद्या सिकाएका थिए । पढ्नको लागि राम र लक्ष्मण दुवै भाइ गुरुको आश्रममा नै गएका थिए । यो बीचमा विश्वामित्र ऋषिले राम–लक्ष्मणलाई धनुर्विद्याका साथै राजपाठ सम्बन्धीको ज्ञान पनि सिकाए । यसका साथै गुरुले दुवै भाइलाई विभिन्न तीर्थस्थानका साथै धेरै नगर, गाउँ तथा जङ्गलमा रहेका आश्रमहरूको सैर गराए । यसैगरी घुम्ने क्रममा एक दिन विश्वामित्रलाई मिथल्ला (जनकपुर) का राजा जनककी पुत्री सीताको स्वयम्वर हुन लागेको थाहा भयो । तत्पश्चात् विश्वामित्रले दुवै राजकुमारलाई जनकपुर धाम लिएर गए । जानकीको स्वयम्बरको तयारी पूरा शहरभरी भइरहेको थियो । जनकपुर शहरमा खुशीयाली छाएको थियो । शहरको चारैतिर मङ्गल वाद्यको धुन गुञ्जिएको थियो । पूरा शहरभरी नर्तक–नर्तकीहरू आ–आफ्नो कला प्रदर्शन गर्दै थिए । राजा जनकको दरबारको प्राङ्गणमा विवाह मण्डप तथा स्वयम्बर स्थल सजाइएका थिए । पृथ्वीभरीका राजकुमारहरू त्यहाँ जम्मा भएका थिए । विश्वामित्रले राम–लक्ष्मण राजकुमार भएको र उनीहरू पनि स्वयम्बरमा भाग लिन आएको खबर राजा जनकलाई दिए । अरु राजकुमार जस्तै राम–लक्ष्मणको पनि सम्मानका साथ स्वागत गरियो । केहीछिन स्वयम्बरको मुहूर्त शुरु भयो र राजा जनकको पूजा कोठामा रहेको शिव धनुषलाई जानकीले स्वयम्बर स्थलमा ल्याएर राखे । त्यसपछि राजा जनकले शिव धनुषको बारेमा सबैलाई जानकारी दिँदै धनुष उठाउन जानकीले मात्र सकेकी छन्, त्यसकारण जो पुरुषले यो धनुषमा ताँदो चढाएर बाण चलाउँछ त्यसै पुरुषलाई सीताले वरमाला पहिराउने कुरा घोषणा गरे । घोषणा सुनेर सबै वीरहरूले आ–आफ्नो बल अजमाए, तर धनुषलाई डगाउन पनि कसैले सकेनन् । त्यसपछि विश्वामित्रले रामलाई धनुष चलाउने आज्ञा दिए । गुरुको आज्ञा पाएर श्रीरामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर तीन टुक्रा भयो । यो देखेर परशुरामलाई आफ्नो गुरुको धनुष भाँचेकोमा राममाथि धेरै रिस उठ्यो । उनी रामलाई मार्न अगाडि सरे । लक्ष्मणले परशुरामलाई रोक्ने प्रयास गरे । यो बिचमा लक्ष्मण र परशुरामको ठूलो विवाद पनि भयो, तर रामले दुवैलाई शान्त गरेर परशुरामको शक्ति खिचेर आपूmले लिए । तब परशुराम शान्त भएर भगवान् श्रीरामको गुण गाउदै आश्रमतिर गए । त्यसपछि जानकीले श्रीरामलाई बरमाला पहिराइन् । राम–सीताको विवाह सम्पन्न भयो । केही दिन मिथिल्लामा बिताएपछि राजा जनकले राम, लक्ष्मण र सीतालाई सम्मानका साथ बिदाइ गरे । त्यसपीि राम, सीता र लक्ष्मण अयोध्या नगरीमा फर्किए । वनवास एक दिन राजा दशरथले श्रीरामलाई अयोध्याको राजपाठ सुम्पने विचारले आफ्ना मन्त्रीगण, गुरु वशिष्ठ, र अन्य भद्र भलाद्मीहरूसँग आफ्नो जिज्ञासा राखे । सबैले राजा दशरथको योजनामा समर्थन दर्शाए । अयोध्यामा श्रीरामलाई राज्याभिषेकको तयारी गरियो । पूरा शहर नै खुशीमय थियो । राज्यका जनताहरूलाई तिनै लोकका मालिक भगवान् श्रीराम आफ्नो राजा हुने भएकाले खुशी थिए । यसैबेला श्रीरामकी सौतेनी आमा कैकयीकी दासी मन्थराले कैकयीलाई उल्टो मति सिकाएर रामलाई वनवास पठाइ आफ्नो छोरा भरतलाई अयोध्याको राजपाठ सुम्पने आग्रह राजासँग गर्नु पर्ने सल्लाह दिई । कैकयीले पहिले त यसो गर्न मानिनन् तर मन्थराले मिठा मसिना कुराको मोह जाल फिँजाई । तब कैकयीले पनि राजा दशरथलाई आफ्नो पहिलेको दुईवटा वरदान यतिखेर भरतलाई राजा बनाउनु पर्ने र रामलाई १४ वर्षको लागि वनवासमा पठाई पूरा गर्ने आग्रह गरिन् । राजा दशरथलाई स्वर्गको युद्धमा कैकयीले ठूलो सहयोग पुराएकी थिइन् । त्यसैबेला राजा दशरथले कैकयीलाई मागेबमोजिम दुईवटा वर दिने वाचा गरेका थिए । कैकयीले पनि आवश्यक परेका बेला म आपैंm मागौंला भनेकी थिइन् । कैकयीले राजा दरशथलाई त्यो वरहरू अब पूरा गर्ने आग्रह गरेकाले राजा दशरथको भित्री मनले नमाने पनि बाहिर मुखले रामलाई १४ वर्षको वनवासमा जानु पर्ने र १४ वर्षसम्म भरत अयोध्याका राजा बनाइने घोषणा गरे । भगवान् श्रीरामले पनि पिताको आज्ञा मानेर १४ वर्ष वनवास जाने निर्णय गरे । रामको साथमा लक्ष्मणले र सीताले पनि वनवास जाने निर्णय गरे । भोलिपल्ट राम, सीता, र लक्ष्मण वनवासको लागि गए । राजा दशरथको यसै चिन्तामा मृत्यु भयो । त्यसबेला भरत आफ्नो मामाघर गएका थिए । उनी अयोध्या आएर सबै कुरा थाहा पाए । भरत रामलाई फर्काउने प्रयासमा वनमा गए, तर रामले पित्री वचन पूरा नगर्दासम्म अयोध्या नफर्कने निर्णय गरे । गुरु वशिष्ठले भरतलाई राम साधारण मानिस नभएर ईश्वरका अवतार हुन् भनी बताए । रामले यो १४ वर्षमा धेरै कामहरू गर्नु छ भनी सम्झाए । त्यसपछि भरत रामको पूजा गर्न निमित्त एक जोडी खराउ लिएर अयोध्या फिर्ता भए । भगवान् श्रीरामले सीता र लक्ष्मणसहित वनवासमा ऋषिहरूका आश्रम र धेरै जङ्गलहरूको सैर गरे । अन्त्यमा उनीहरूले पञ्चवटीमा गएर आफ्नो कुटी बनाएका थिए । सीता हरण राम, सीता र लक्ष्मण पञ्चवटीमा बसिरहेको बेला एक दिन उनीहरूको आश्रममा आधुनिक श्रीलङ्काका तत्कालीन राजा लङ्कापति रावणकी बहिनी सुपर्नखा आएर राम लक्ष्मणसँग विवाह गर्ने आग्रह गर्न लागि । राम, लक्ष्मणले धेरै सम्झाए तर सुपर्नखाले आफ्नो जिद्दी नछोडेकाले लक्ष्मणले रिसाएर उसको साथमा रहेको भाइलाई मारी सुपर्नखाको नाख काटेर पठाएका थिए । सुपर्नखाले आफ्नो सबै हाल बताई । यो देखेर रावणलाई राम लक्ष्मणमाथि रिस उठ्यो । रावणले आफ्ना दुईजना मुख्य मन्त्रीहरू खर र दुषणलाई राम र लक्ष्मणहरूको बध गर्न निमित्त पठायो । खर र दुषण आफ्नो पूरा सेनाको साथ राम–लक्ष्मण भएको ठाउँ गएर युद्ध गरे, तर रामले खर दुषण दुवैलाई मारिदिए । यसैले श्रीरामलाई ‘खरारी’ पनि भनिएको छ । यो थाह पाएर रावणले मायावी दानव मारिचीलाई राम लक्ष्मणसँग छलकपट गर्न पठायो । मारिच रावणको आज्ञानुसार रामको कुटी नजिकै गएर सुनौलो मृगको रूप धारण गरी चर्न लाग्यो । यो देखेर सीताले श्रीरामलाई त्यो मृग ल्याउने आग्रह गरिन् । श्रीरामले सीतालाई धेरै सम्झाए तर सीताले आफ्नो जिद्दी नछोडेकाले लक्ष्मणलाई सीताको रक्षा निमित्त कुटीमा छोडेर आपूm त्यो मृगको पछि लागे । केही छिनमै रामले मारिचलाई मारे । मारिच मर्दा रामको जस्तै आवाज निकालेर ‘भाइ लक्ष्मण म मरें’ भन्यो । यो आवाज कुटीमा रहेका लक्ष्मण र सीताले सुने । लक्ष्मणले सीतालाई यो राक्षसहरूको चाल हो भनेर धेरै सम्झाए, तर सीताले लक्ष्मणलाई रामको खोजीमा जान बाध्य गरिन् । लक्ष्मण लाचार भएर रामको खोजीमा गए । त्यसैबेला रावणले महात्माको भेषमा सीताको कुटीमा गएर सीता हरण गरेको थियो । रावणले आफ्नो पुष्पक विमानमा राखेर लङ्कातर्पm लैजाँदै गरेको बेला जटायु नामका गिद्धले उसलाई रोक्न खोजेका थिए, तर रावणले आफ्नो तरवारले जटायूको पखेटा काटि दिएकोमा जटायु जमीनमा झरे । सीताले आफ्ना गहनाहरू फुकालेर जमीनमा खसालिन् । गहनाहरू त्रीकुट गिरीमा सभा गरिरहेका बाँदरहरूले भेट्टाए । बानर राज सुग्रीवले हनुमानलाई गहनाहरू सुरक्षित ठाउँमा राख्न लगाए । सीताको खोजी रावणले सीताको हरण गरेर लङ्काको अशोक बाटिकामा राखेको थियो । यता राम, लक्ष्मण दुवै भाइ कुटीमा आएर हेर्दा सीतालाई नदेख्दा दुखित भएर जङ्गलमा सीताको खोजी गर्न थाले, तर सीताको कुनै थाहा पत्ता लगाउन सकेनन् । भगवान् श्रीरामलाई त सबै कुरा थाहा थियो, तर उनले मानवलीला देखाउनका निमित्त धेरै प्रकारको विलाप गर्दै जङ्गल–जङ्गल घुम्न थाले । यसरी घुम्दाघुम्दै उनीहरूले जटायुको आवाज सुने । जटायु रामको नाम पुकारी रहेका थिए । राम–लक्ष्मण दुवै भाइ जटायु भएको ठाउँमा गए । जटायुले श्रीरामलाई सीताको पुरा वृत्तान्त सुनाएर आफ्नो प्राण त्यागे । यसरी जटायुले प्राण त्यागी सकेपछि रामले उनको संस्कार गरे । केही दिनपछि राम, लक्ष्मण त्रीकुट गिरीमा पुगे । त्यहाँ उनीहरूको भेट हनुमान, सुग्रीव, जाम्बवान, लगायत अन्य वीर वानरहरूसँग भयो । भगवान् श्रीरामलाई सुग्रीवले सीताजीका गहनाहरू देखाए । तब रामले सुग्रीवसँग मितेरी पनि लगाए । सुग्रीव किष्किन्धाका बाँनर राजा बालीका भाइ थिए, तर दुई भाइमा आपसी वैरभाव बढेकाले बालीको डरबाट बँच्नको लागि सुग्रीव यहाँ आएर लुकी बसेको कुरा रामलाई ज्ञात भयो । त्यसपछि श्रीरामलाई सुग्रीवको मद्दत गर्ने इच्छा भयो । उनले किष्किन्धाबाट बालीलाई बोलाउन लगाए । बाली सुग्रीवको लडाईँ गराएर बालीलाई मारी सुग्रिवलाई हमेसाको लागि निडर गराए। यसरी बालीलाई मारेर सुग्रीवलाई किष्किन्धाका राजा बनाई सकेपछि बाँदरहरूको सेनालाई सीताको खोजीको जिम्मा दिइयो । हनुमान, जाम्बवान, अंगद आदि अनगिन्ति बानर तथा भालुको फौज सीताको खोजीमा जङ्गल–जङ्गल, डुले तर केही टुङ्गो लागेन । तब उनीहरूको भेट जटायुका भाइ सम्पाती नामका गिद्धसँग भयो । सम्पातीले उनीहरूलाई सीताजीलाई रावणले लङ्कामा लिएर राखेको कुरा ज्ञात गराए । यो थाहा पाएर सबै बानर तथा भालुको सेना समुद्र तटमा जम्मा भएर आपसमा कसरी लङ्का जान सकिन्छ भनेर छलफल गर्न थाले । तब हनुमानले समुद्रलाई नाघेर सीता भेटेर आउने अठोट गरे । त्यसपछि हनुमान बाँकी सेनालाई त्यहीँ छाडेर समुद्रमा उडे । हनुमान लङ्कामा गएर सबैभन्दा पहिले अशोक बाटिकामा सीतालाई भेटे । फेरि रावणको बगैँचा नाश गर्न थाले । यो खबर थाहा पाएर रावणपुत्र अक्षयकुमार हनुमानसँग लड्न गयो । हनुमानले अक्षयकुमारलाई मारिदिए । त्यसपछि लङ्कामा हाहाकार मच्चियो । सबै हनुमानको डरले काँप्न थाले। तब रावणपुत्र मेघनाथले हनुमानलाई ब्रह्मपासमा बन्धक बनाएर रावण भए ठाउँ पु¥यायो । तब रावणले हनुमानलाई रामको दूत भएको थाहा पायो । रावणका भाइ विभिषणले दूतलाई मार्न हँुदैन बरु हनुमानले हाम्रो बगँैचाको नाश गरेवापत् यिनलाई कुनै अरु सजाय दिनु पर्छ भन्ने कुरा राखे । सबैले विविषणको मतअनुसार हनुमानको पुछारमा घिउमा मुछेको कपडा लपेटेर त्यसमा आगो लगाउने सल्लाह गरे । त्यसपछि हनुमानको पुछरमा घिउ मुछिएको कपडा बाँधेर आगो लगाएर हनुमानलाई छोडियो । हनुमानले पनि आफ्नो बल्दै गरेको पुछर लिएर पूरा लङ्कामा आगो लगाएर रावणको लङ्कालाई छिनभरमै जलाएर खरानी पारे । त्यसपछि हनुमान सीता भए ठाउँ गएर बिदा मागी फिर्ता भए । हनुमानलाई कुरेर बसेका बानर सेनाहरू हनुमान आएको देखेर खुशी भए । हनुमानले पनि आपूm लङ्का गएर सीतालाई भेटेको र लङ्का जलाएको कुरा भने । त्यसपछि सबै किष्किन्धा पुगेर रामलाई भेटी सीता भेटिएको खबर सुनाए । राम रावण युद्ध सीताको खबर पाइसकेपछि भगवान् श्रीरामले किष्किन्धामा बाँदर र भालुको सभा बसालेर सबैसँग सीतालाई कसरी ल्याउन सकिन्छ भन्ने सल्लाह गरे । सबैले लङ्कामा गएर रावणलाई सम्झाउने, यदि मानेन भने युद्ध जीतेर सीतालाई ल्याउने राय प्रकट गरे । त्यसपछि राम, लक्ष्मण, सुग्रीव, हनुमान लगायत अनगिन्ती बादर र भालुको सेनाले लङ्का जाने तयारी गरे । सबै फौज समुद्रको किनारामा जम्मा भए । सागरले श्रीरामलाई पुल बनाएर आफ्नो सेना तार्ने आग्रह गरेकाले श्रीरामले स्वर्गबाट नल र निल दुईवटा कालिगढलाई बोलाएर रामेश्वरम नजिकै रामसेतुको निर्माण गराए । उक्त रामसेतु दक्षिण भारतको समुद्रमा आज पनि देख्न सकिन्छ । सबै फौज रामसेतु पार गरेर लङ्का पुग्यो । रामको सेनाहरूले लङ्कानजिकै पुगेर आफ्नो शिविर बनाएर बसे । त्यसपछि श्रीरामले रावणको दरबारमा बालीपुत्र अंगदलाई दूत बनाएर पठाए । अंगदले रावणलाई सम्झाउने कोशिस गरे, तर घमण्डी रावणले आपूm बाँचुञ्जेल सीता फिर्ता नगर्ने अठोट गरेकाले अंगद फिर्ता भए । हुनत रावण पनि चार वेदको ज्ञाता अपार ज्ञान भएको ज्ञानी र तपश्वी थियो । उसले आफ्नो मृत्यु भगवान् श्रीरामकै हातबाट होस् भन्ने विचारले जानी जानी सीताको हरण गरेको थियो, तर सीतामाथि उसले कुनै कुकर्म गरेको थिएन। त्यसपछि रावणलाई उसैका भाइ विविषणले सीतालाई ससम्मान फिर्ता गरिदिनु पर्छ भनी सम्झाउने कोशिस गरे तर रावणले उनको कुरा मानेन । उल्टो विभिषणलाई घरबाट निकाली दियो । त्यसपछि विभीषण रामतर्पm गएर रामकै सहयोग गर्न थाले । रावणले आफ्नो सेना तयार गरेर रामको सेनासँग लड्न पठायो तर रामको सेनाले रावणको सबै सेना मारेर सिध्याए । यसैगरी रावणले फेरि आफ्नो छोरा मेघनाथलाई रामसँग लड्न पठायो । मेघनाथले युद्धमा ठूलो पराक्रम देखाएको थियो । लक्ष्मणलाई बाण लगाएर मूर्छा पारेको थियो । तर हनुमानले दोर्णाचल पर्वतबाट सञ्जीवनी बुटी ल्याएर लक्ष्मणलाई होशमा ल्याए । हनुमान दोर्णा गिरी ल्याउँदै त्यसपछि लक्ष्मणले मेघनाथलाई मारे । यसैगरी रावणले आफ्नो भाइ कुम्भकर्णलाई रामसँग लड्न पठायो, तर त्यसलाई पनि श्रीरामले स्वर्ग पठाए । यसैगरी रावणले आफ्नो गुप्त छोरा अहिरावणलाई युद्धमा पठायो, त्यो पनि रामकै हातबाट मर्न गयो । त्यसपछि रावणको पातालवासी छोरा नरकान्तले राम–लक्ष्मणलाई सुतेको मौका पारेर पाताल पुरायो । उसले पातालमा राम लक्ष्मणलाई एक मन्दिरमा बली दिने मनसायले लुकाएर राखेको थियो । तर हनुमानले बेलैमा गएर नरकान्तलाई मारेर राम–लक्ष्मणलाई फिर्ता ल्याए । त्यसपछि रावण आपैंm युद्धमा गयो । देवराज इन्द्रले रावणलाई रथमा सवार भएको र राम जमीनमा देखेर रामको लागि आफ्नो रथ र सारथी पठाइदिए । राम रावणको युद्ध भयङ्कर मच्चियो । हजारवटा हात र दशवटा शिर भएको रावणको नाभीमा अमृत भएका कारण रावणका सबै टाउकाहरू काटेर जमीनमा झारेपनि फेरि नयाँ टाउका निर्माण हुन थाले । अन्त्यमा विभिषणको राय अनुसार श्रीरामले अग्निवाणको प्रयोग गरेर रावणको नाभीमा रहेको अमृत शोषण गरे । त्यसपछि रावणको बध गरे । भगवान् श्रीरामले रावण मारी सकेपछि विभिषणलाई लङ्काको राजगद्दी सुम्पेर सीतालाई फिर्ता लिई अयोध्या फर्के । राम राज्याभिषेक तथा सीता त्याग भगवान् श्रीराम अयोध्यामा फर्किएपछि अयोध्यावासीहरूको खुशीको सीमा नै रहेन । चारैतिर श्रीरामको जयकार गुञ्जायमान थियो । सबै अयोध्यावासी साक्षात् विष्णुका अवतार राम र लक्ष्मीको अवतारकी सीतालाई आफ्नो मुलुकमा पाएकाले खुशी थिए । सबैले श्रीराम जानकीको भव्यताका साथ स्वागत गरे । गुरु वशिष्ठले शुभ मुहूर्त हेरेर रामको राज्याभिषेक गरे । रामले पनि प्रजाहरूलाई आफ्नै सन्तानतुल्य पालन गरिरहेका थिए । आज पनि हाम्रो समाजमा सुखका दिनहरूलाई ‘रामराज्य’ भनेको सुन्न पाइन्छ । आपूm अयोध्यापति भइसकेपछि श्रीरामले आफ्ना केही गुप्तचरहरूलाई राति अयोध्या नगरमा कसले आफ्नो बारेमा के भन्दैछ भन्ने खबर बुझ्न पठाए । गुप्तचरहरू पनि श्रीरामको आदेशानुसार नगरमा घुम्दै चियो गर्न थाले । सबै नगरवासी श्रीराम–जानकीको गुण गान गाउँथे, तर नगरको एक धोबीले आफ्नो स्वास्नीसँग झगडा गर्दै ‘म यो मुलुकका राजा रामजस्तो हैन बुझिस्, जसले अर्काको पोइल गएकी स्वास्नीलाई ल्याएर फेरि आफ्नो गृहिणी बनाएर राखेका छन्’ भनेको सुनियो । त्यो सुनेर गुप्तचरहरू राजा राम भए ठाउँ गएर धोबीको कुरा सुनाए । यो सुनेर श्रीरामले लक्ष्मणसँग सीतालाई लिएर जङ्गलमा छोडेर आउने कुरा गरे । लक्ष्मणले पनि रामको आज्ञा अनुसार गर्भवती सीतालाई जङ्गलमा रहेका ऋषीमुनिहरूका आश्रम देखाउने निहुँले जङ्गलमा लिएर छोडेर आए । जङ्गलमा भट्की रहेकी सीताको भेट महर्षि बाल्मीकिसँग भयो । बाल्मीकिले सीतालाई आफ्नो कुटीमा छोरीतुल्य बनाएर राखे । त्यहाँ सीताका दुईवटा पुत्र लव र कुशको जन्म भयो । लव र कुश ठूला भएपछि श्रीरामले आफ्ना पुत्रहरू भएको थाह पाएर अयोध्यामा बोलाए । लामो समयको राज्यकाल पूरा गरेर भगवान् श्रीराम आफ्नो मानवलीला समाप्त गरेर बैकुण्ठ गए ।
– विकिपीडिया