वृद्धावस्था साधारणतया अशक्त, अस्वस्थ्य तथा परिवारवाट अपहेलित हुन्छ । तर पाल्पा जिल्लाका एक ८४ वर्षे वृद्धले भने ६९ वर्षीय महिलासँग विवाह गरेका छन् । वृद्ध अवस्थामा विवाह गर्ने रहरभन्दा पनि बाध्यता भएको भट्टराईले बताए । उनी भन्छन्, ‘चार वर्ष अगाडि घरकी श्रीमती गाडी दुर्घटना परी मृत्यु भयो ।

म एक्लै घरमा रुल्लटुल्ल बसिरहन्थे । घर नजिकै छिमेकी लीलाकुमारी ज्ञवालीका श्रीमानले अर्को विवाह गरेर उनलाई वास्ता गर्न छाडेको मलाई थाहा थियो । हामीबीचमा सामिप्यता बढ्दै गयो । एक्लै जीवनयापन गर्नुभन्दा दुवै सँगै मिलेर बुढेसकालको गुजारा गर्ने निर्णय ग¥र्यौं । वगनाशकाली गाउँपालिका–२, पोखराथोकका पंण्डित मित्रलाल भट्टराईले सोही स्थानकी लीलाकुमारी ज्ञवालीसँग विवाह गरेका हुन् । उनीहरुको विवाहले औपचारिकता पनि पाएको छ ।

केही समय अघिमात्र श्रीमतीलाई आफ्नो नामबाट नागरिकता प्रदान गरेपछि उनीहरुको विवाहले औपचारिकता पाएको मित्रलाल भट्टराई बताउँछन् । जिल्ला प्रशासन कार्यालयबाट उनीहरुले वैशाख २१ गते नागरिकता प्राप्त गरेका हुन् । वृद्ध अवस्थामा विवाह गर्ने रहरभन्दा पनि बाध्यता भएको भट्टराईले बताए ।

उनी भन्छन्, ‘चार वर्ष अगाडि घरकी श्रीमती गाडी दुर्घटना परी मृत्यु भयो । म एक्लै घरमा रुल्लटुल्ल बसिरहन्थे । घर नजिकै छिमेकी लीलाकुमारी ज्ञवालीका श्रीमानले अर्को विवाह गरेर उनलाई वास्ता गर्न छाडेको मलाई थाहा थियो । हामीबीचमा सामिप्यता बढ्दै गयो । एक्लै जीवनयापन गर्नुभन्दा दुवै सँगै मिलेर बुढेसकालको गुजारा गर्ने निर्णय गर्र्यौं‍ ।

मैलै चौरासी प”जा पनि गरिसकेँ, पाँच भाइ छोरा छन् । तीन छोरा सरकारी जागिरे । के गर्ने बाबु सबैले आ–आफ्नै सुरु गरे । म बुढो मान्छे, खासै केही गर्न नसक्ने । नाती नातिनी पनि १५ जना र पनातिनी एक जना भैसके । गाउँका प”जाआजा गरेर घरमै बसिरहन्थे । लिलाकुमारीको पनि अवस्था उस्तै थियो । उनका पनि तीन भाइ छोरा र दुई बैनी छोरी ।

श्रीमानले वास्ता नगरेर बुटवलमा नयाँ श्रीमतीसँग घरजम गरी बसेको । गाउँमा तलमाथि घर । हामी निरन्तर सुख दुःखमा नजिकिन थाल्यौ । पछि दुवै जनाको सरसल्लाहमा नजिकैको मन्दिरमा गएर विवाह गरेका हौं, पंण्डित भट्टराईले भने । आफ्ना मान्छे जसलाई जिन्दगीभरिको कमाई अनि मेहनतले भरण पोषण गरेर सक्षम बनाए पनि तिनीहरुको लागि हामी मन परेनौं ।

अहिले हाम्रो सामाजिक जीवन अरुको जीवन पद्धति कुनै युवाभन्दा कम छैन । तर विडम्बना नेपालमा ६० वर्ष पुगेपछि त्यसलाई वृद्ध भन्ने गरिँदो रहेछ । जीवनको ज्ञान र अनुभव सँगाल्दै गुजारा चलाउँदै आएका छौं, वृद्ध दम्पत्तिहरुले भने । बुढ्यौलीको ठ”लो रोग भनेको एक्लोपना पनि हो । हामी त्यसलाई चिर्न सँगै जीवनयापन गर्ने निर्णय गर्यौ । बृद्ध बृद्धामा जोश जाँगर र उमगं घट्नुको सट्टा बढ्दैछ । स्वस्थ रहन दैनिक क्रियाकलाप गर्ने घरमा भैंसी पाल्ने गरेका छौं, उनीहरुले नागरिकन्य’जसँग भने ।

मन्दिर, तीर्थ, व्रत पाठ, प”जा, पुराण आदिमा सकृृय छु, भट्टराईले भने । प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले वृद्ध दम्पत्तिलाई बधाई दिँदै पति कायम भएको नागरिकता दिन पाउँदा खुसी लागेको फेसबुकमार्फत् व्यक्त गरेका छन् । उनले नागरिकन्य’जसँग भने, ‘महिलालाई सम्पत्तिको अधिकार लिएर नयाँ जीवनसँगीसाथ लाग्नुस् भनेको हाम्रो खुसी यत्तिकैमा छ भनेर नागरिकता लैजानुभयो ।’

उनले जिल्लामा पहिलो पटक वृद्ध दम्पत्तिलाई नागरिकता प्रदान गरेको बताए । मित्रलाल भट्टराईको जन्म १९८९ र लीलाकुमारीको जन्म २००५ सालमा भएको हो । उनीहरु पोखराथोकका झण्डै दुई सय मिटरको दूरीका छिमेकी हुन् । बुढेसकालमा नयाँ जीवनको अनुभूति गरेको र सुखका साथ जिन्दगी गुजार्दै आएको उनीहरुले बताए ।,