आफूलाई जति स्मार्ट सम्झिए पनि तपाईं आफ्नो स्मरणशक्तिको सत्प्रतिशत उपयोग गर्न सक्नुहुन्न । धेरै छात्रछात्राले आफूले पढेको पाठ स्मरण गर्न सही तरिका अपनाउन नसकेको कैयौं सर्वेक्षणले देखाएका छन् । विद्यार्थीले अक्सर पाठ स्मरण गर्नको लागि फरक–फरक खालको सल्लाह पाइरहन्छन् । आमा–बुबा एक थोक भन्छन्, साथी र शिक्षक अर्कैथोक । अर्कातिर विज्ञहरूले आफ्नो अनुसन्धानको आधारमा नयाँ सल्लाह दिन्छन् । फलस्वरुप हामी पढेको कुरा याद गर्ने सही तरिका के हो भनेर ‘कन्फ्युज्ड’ हुन्छौं । यस्तोमा मनोविज्ञानको एक प्रख्यात पत्रिकाले पढेको याद राख्ने पाँच सही र गलत तरिकाको बारेमा परिक्षण गरेको छ ।
पहिलो रणनीतिः दोहोर्याएर पढ्ने
तपाईं नयाँ शब्द सिक्ने कोसिस गरिरहनुभएको छ भने धेरैले अपनाउने सबैभन्दा आम रणनीति हो मुखमा नझुण्डिएसम्म रटान लगाएर घोक्ने ।
तर, मनोवैज्ञानिकका अनुसार यो तरिका ठीक होइन । रटान लगाए पनि हाम्रो दिमागले लामो समय यी कुराहरूलाई सुरक्षित रूपमा भण्डारण गरेर राख्न सक्दैन ।
केही समयको अन्तरमा पढ्नुहोस्
तपाईं कुनै किसिमको विषय वा पाठलाई याद राख्न चाहनुहुन्छ भने त्यसलाई थोरै–थोरै अन्तरपछि मात्रै दोहो¥याएर पढ्नुहोस् । यसले तपाईंको स्मरणशक्ति ताजा रहन्छ । कुनै पुस्तकको एक अध्याय पढ्नुहोस् र फेरि केही समय अर्कै अध्याय पढ्नुहोस् । केही अन्तरालपछि फेरि पहिले पढेको पाठ पढ्नुहोस् । यो अन्तर एक घण्टा, एक दिन वा एक साताको हुन सक्छ ।
पढिसकेपछि आफूले पढेको कुरा कति सम्झिएँ भनेर आफैंले परीक्षा लिन सक्नुहुन्छ । यसो गर्नाले तपाईंको दिमाग उक्त विषयसँग कैयौंपटक आमने–सामने हुन्छ ।
दोस्रो रणनीतिः मुख्य बु“दालाई अण्डरलाइन गर्नुहोस्
दोस्रोपटक पढ्ने वा रटान लगाउने तरिका जस्तै यो रणनीति पनि धेरै नै आम हो । यो उपायमा कुनै खराबी छैन । पढ्ने बेलामा तपाईंलाई जुन कुरा, शब्द वा वाक्य महत्वपूर्ण लाग्छ त्यसलाई चिन्ह लगाएर अण्डरलाइन वा हाइलाइट गर्नुहोस् । तर, मनोविज्ञानले भन्छ कि यो उपायले धेरैजसो काम गर्दैन । धेरै विद्यार्थीहरूले महत्वपूर्ण वाक्य र कम महत्वपूर्ण वाक्यमा फरक नै छुट्याउन सक्दैनन् । त्यसैले पूरा प्याराग्राफ नै अण्डरलाइन गर्छन् जुन प्रभावकारी हुँदैन ।
रोकिएर सोच्नुहोस्
कुनै पनि पुस्तक एकपटक पढेपछि त्यसको जुन हिस्सा तपाईंलाई महत्वपूर्ण लाग्छ त्यसलाई अण्डरलाइन गर्न विज्ञहरूले सल्लाह दिन्छन् । तर, दोस्रोपटक पढेर यो काम गर्नुभयो भने तपाईंलाई दोस्रोपटक त्यसै विषयमा सोच्ने मौका मिल्नेछ । तपाईं हरेक वाक्यलाई अण्डरलाइन गर्नबाट बच्नुहुन्छ । त्यसैले महत्वपूर्ण भाग मात्रै विचार गर्नुहोस् ।
तेस्रो रणनीतिः नोट बनाउने
कुनै पनि क्लासरुम वा लाइब्रेरीमा पस्दा धेरैजसो विद्यार्थीहरू नोट बनाउँदै गरेका देखिन्छन् । अति उत्साहमा उनीहरू फाल्तु कुराहरू पनि नोट गर्ने गर्छन् । तर, पछि ती नोटहरू केही काम लाग्दैनन् ।
छोटो र सानो नोट बनाउनुहोस्
विद्यार्थीले जति कम नोट बनाउँछन् त्यति नै उनीहरूलाई पढेको कुराहरू याद हुन्छ । किनभने पढेको कुनै कुरालाई शब्दमा नोट गर्दा गहिराइमा गएर बुझनुपर्ने हुन्छ । शब्द र वाक्यलाई नयाँ तरिकाबाट सम्झिनुपर्छ । यसो गर्दा तपाईंको दिमागले पढेको कुराहरूलाई दोस्रोपटक याद गर्छ । महत्वपूर्ण कुराहरूलाई स्टोर गर्छ । अक्सर कागजमा कलमले नोट बनाउनु धेरै फाइदाजनक हुन्छ । ल्यापटप वा कम्प्युटरमा टाइप गरेर नोट बनाउनु पाठहरू स्मरण गर्ने त्यति प्रभावकारी तरिका होइन ।
विषयको गहिराइ बुझ्नुहोस्
पहिले एक सामान्य खाका तयार गर्नुहोस् र फेरि विषयको गहिरो कुराहरूलाई त्यसमा टिपोट गर्नाले याद राख्न सजिलो हुन्छ । यसले विषय सम्झिन पनि धेरै सजिलो हुन्छ ।
तपाईं कुनै पनि लेक्चरको महत्वपूर्ण कुराहरूलाई बुलेट प्वाइन्ट तयार गर्न सक्नुहुन्छ । याद राख्नुहोस् जति कम शब्दमा लेख्नुहुन्छ त्यति नै पछि याद गर्न सजिलो हुन्छ ।
– बीबीसीबाट अनुदित