साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियका कारण आज निधन भएको छ । उनलाई गएराति छातिमा समस्या देखिएपछि ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा भर्ना गरिएको थियो । 

सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कदै छन् । उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाइएको छ ।

आर्थिक मामिलासम्बन्धी पत्रकारिता र सम्पादनमा दख्खल राख्ने पराजुलीका जन्तरमन्तर,अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा,अनायिका,सपनामा मार्क्स ,जाडोमा भोक ,भ्रष्ट संवेदना विकल्प र यात्रा लगायतका कृति प्रकाशित रहेका छन् ।