अति देवत्वकरण गरिएका पूर्व गृहमन्त्री तथा स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायतका अन्य राजनीतिक दलका नेताहरु गरी ६३ जनामाथि सहकारी बचतको अपचलनमा मुद्धा चलाएको छ । हुन त अदालतमा यो मुद्धा विचाराधीन नै भए पनि सहकारीका कतिपय रकमहरु चलाएको उनले आफै स्वीकार गरिसकेका छन् । ‘जो मुखिया उही गाउ“को......’ भन्ने गाउ“ले उखान चरितार्थ भएको छ । अमेरिकामा महिनाको १ लाख डलर (नेपाली करिब १ करोड ३५ लाख) तलब खान्थे भन्दै नेपालमा आएर कुर्लन थालेपछि कतिपय वुद्धिजीवीहरु र सचेत जनताले यो पनि त्यही ड्याङ्कै रहेछ भन्न थालिसकेका थिए । पासपोर्ट, नागरिकता प्रकरणमा मुछिँदै गर्दा जनताको सहानुभूतिका कारण अपार सफलता प्राप्त भएका रवि लामिछाने गृहमन्त्री हुने बित्तिकै एक हप्ताका लागि भए पनि ढुङ्गा, गिट्टी निकासी गर्न (एक हप्ताका लागि मात्रै किन खुला गरे र बन्द पनि गरिहाले भन्ने कुरा प्रष्ट छ, त्यो सेटिङको चलखेल थियो) र नेपालको कथित राष्ट्रिय परिचय–पत्र छाप्न फ्रान्सलाई दिने स्वीकृति गरेपछि उनी विवादमा झन् चर्को गरी आउन थालेका थिए । उक्त राष्ट्रिय परिचय–पत्र नेपालको स्वाधीनता र सार्वभौमसत्ताको विरूद्ध छ भनेर पहिलेदेखि नै आवाज उठिरहेको थियो । त्यो आवाजभन्दा आफूलाई उपल्लो दर्जाकै ठानेर उनले स्वीकृति दिए तर पछि झन् चर्को आवाज आएपछि त्यसपछिको सरकारले त्यो ठेक्का रद्द गर्नुपरेको थियो ।

पुराना भनिएका राजनीतिक दलका नेताहरुको कुरा नया“ र आश्चर्यको कुरा भएन । कुकुरले गुहुको आहालमा पौडी खेले झैं तिनले भ्रष्टाचारको आहालमा पौडी खेलेको जगजाहेर छ । तर नया“  र चोखो भनिएको अनि सुरूदेखि नै विवादमा तानिँदै आएका रवि लामिछानेलाई नेपाली जनताले भ्रष्टाचारी तीनवटै दलका नेताहरुको विकल्पका रुपमा लिएका थिए । तर नेपाली जनता पछि आएर निराश हुनुपरेको छ । अब रास्वपाको बागडोर उपाध्यक्ष स्वर्णिम वाग्लेको हातमा जानेछ । उनकै हातमा पुर्याउन हालसम्मको नाटक मञ्चन भइरहेको देखिन्छ । यदि यो कुरा हु“दैनथ्यो भने रवि लामिछानेको मुद्दा पनि भूटानी शरणार्थी काण्ड झैं रफादफा भएर जाने थियो ।

जनताले खाई नखाई दुःख गरेर, मजाले खान पनि लोभ गरेर सहकारीमा जम्मा गरेको रकम तिनै जनताको आ“खामा छारो हालेर कुम्ल्याउनेमा रवि मात्रै एक्ला व्यक्ति हैनन् । धरान, काठमाडौं, पोखरा र चितवनमा यो प्रवृत्ति अत्यधिक मात्रामा देखिएको छ । धरानलगायतका ठाउ“हरुमा भएको सहकारी बेथितिको निगरानीमा त्यसको नियमन गर्ने निकाय सहकारी डिभिजन तलब खाने र मेलोमेसो जुटाउने ठाउ“मा परिणत भएको छ, भ्रष्टाचारले सर्वाङ्ग शरीर नै गन्हाएका व्यक्तिहरु राज्यको उपल्लो अङ्गमा बसेर कुकुरले दाह्रा देखाए झैं ङिच्च देखाउ“दै शासन गरिरहेका छन् । जसले जे गर्दा नि भाकै छ हैन, अब जनता झुक्किनेवाला छैनन् । पाता कस्ने बेला आइसकेको छ । जनताको निगरानी आवश्यक छ, सचेत बन्न जरूरी छ । कुँडाकर्कटाहरु फाल्न जरूरी छ ।