नेपाली विद्यार्थी प्रकृति लम्सालको भारत उडिसाको भूवनेश्वरस्थित एक निजी विश्वविद्यालय कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा मृत्यु भयो । मृत्यु घटनाले ठूलै हङ्गामा सिर्जना ग¥यो । यो घटनापश्चात् नेपालका नागरिकलाई आम भारतीय नागरिकले कसरी सोच्छन् ? कसरी व्यवहार गर्छन् भन्ने प्रष्ट पा¥यो । यतिसम्म कि केआइआइटीको कर्मचारी बताउनेले नेपालको बजेटभन्दा बढी कालिङ्गाको बजेट भएको भन्दै देशमाथि नै लाञ्छना लगाउने काम गरे । विद्यार्थीको मृत्यु हुनुभन्दा अगावै ती मृतक विद्यार्थीले कालिङ्गा प्रशासनलाई आफूमाथि भइरहेको दुव्र्यवहारको विषयबारे अनुरोध गरेकी थिइन् । उक्त कुराको सुनुवाइ नहुँदा उनले आफ्नै कोठामा आत्महत्या गर्न बाध्य भइन् । भलै त्यहाँको प्रहरी प्रशासनले ती युवासहित केहीलाई पक्राउ गरी अनुसन्धानको क्रममा छ । तर, केआइआइटी प्रशासनले नेपाली विद्यार्थीमाथि जुन खालको दुव्र्यवहार र निकाला गर्ने काम ग¥यो । उक्त विषय केआइआइटी प्रशासनलाई सुहाउँदो विषय थिएन । यसमा तत्काल नेपाल सरकारले एक्सन लिएपश्चात् मात्रै केआइआइटी प्रशासनले नेपाली विद्यार्थीलाई बोलायो । तर, कतिपय विद्यार्थीहरु नेपाल आइसकेका थिए । यस्तो अवस्थामा पनि केआइआइटी प्रशासनको हर्कततर्फ हाम्रो खास ध्यान गएको देखिँदैन । खालि विद्यार्थीलाई पुनः कलेज आउन भनिएको विषयलाई मात्रै बुझियो । यसले नेपाली विद्यार्थीको शान र मानमा आघात पुगेको छ ।
यो आघातको सुरूवात केआइआइटी प्रशासनबाट मात्रै नभई हामीले अन्य कोणबाट यो घटनालाई कहिले पनि व्याख्या गरेका छैनौँ । अर्थात् यतिका नेपालीहरु किन भारतमा गई पढ्ने वातावरण सिर्जना भयो । के नेपालमा विश्वविद्यालयहरु नभएका हुन् ? यहाँ भारत जत्तिकै अध्यापन क्षमता छैन ? वा अन्य कारणहरु हुन् । यी कारणहरुको खोजी नगरिँदा वर्षौंदेखिका हाम्रा विद्यार्थीहरु भारततर्फ गइरहेका छन् । यो त घटनाभएपश्चात् मात्रै बाहिर आएको हो । त्यही कलेजमा मात्रै हाम्रा पाँच सय नेपालीहरु पढ्दा रहेछन् । अन्य कलेजमा कति पढ्छन् ? यसको डेटा हाम्रो सरकारसँग अहिले पनि भएजस्तो लाग्दैन । विशेषगरी मधेश क्षेत्रका विद्यार्थीहरु त्यहाँ पढ्न गएको रेकर्डहरु पाइए । यसले के देखाउँछ भने कहीँ न कहीँ उनीहरु नेपालमै पढ्न डराउँछन् । यसका अनेकन कारणहरु छन् । एक त नेपालका विश्वविद्यालयहरु काठमाडौँ केन्द्रित छन् । अन्यत्र भए पनि ती विश्वविद्यालय चलायमान अवस्थामा छैनन् । ती विश्वविद्यालयमा पढ्न जाने मधेशका विद्यार्थीहरुमाथि हुने एक खालको विभेदका कारणले पनि उनीहरु नेपालको विश्वविद्यालय छाडेर भारततिर पढ्न पुग्छन् । मधेशका मानिसहरुलाई काठमाडौँले हेर्ने नजर नै गलत छ । भाष्य नै गलत छ । नेपालमै नेपाली नागरिकताको परिचय–पत्र देखाउनुपर्ने अवस्था छ । विभेदको गहिरो सिकारमा पर्दै आइरहेका छन् । यसले गर्दा पनि धेरै मधेश मूलका नागरिकहरु नेपालमा पढ्नुको सट्टा भारत तथा अन्य देशमा पुग्छन् ।
प्रकृति लम्सालको यो घटनाले अर्को पाटोलाई पनि उजागर गरिदिएको छ ।
त्यसकारण अब नेपाल सरकारले यस विषयमा गम्भीर मन्थन गर्न जरूरी हुँदै गएको छ
। क्षेत्रगत विभेदको सिकारमा पर्दै आएका मधेशी मूलका नागरिकहरुलाई अब
न्याय चाहिएको छ । यो विषय राजनीतिमा पनि बेला–बेला उठ्ने गरेको छ । यो
विषय विभिन्न विचारमार्फत् आउने गरेको छ । तर, यो महत्वपूर्ण बहसमा हामी
कहिल्यै गम्भीर भएका छैनौँ । हाम्रो शिक्षणमा समस्या नभएर हाम्रो प्रणाली
तथा सोचमा परिवर्तन गर्नुपर्ने बेला आएको छ । झट्ट हेर्दा सामान्यजस्तो
लागे पनि यो विषय शदियौँदेखि जरा गाडेर बसेको छ । यो कुरालाई चटक्कै समाधान
गर्न सकिँदैन । यो सामाजिक समस्याको रुपमा रहेको छ । यो एक प्रकारले भन्ने
हो भने कुरीति नै हो । हाम्रो शैक्षिक प्रणाली सुधारेर मात्रै पनि हुँदैन ।
हाम्रो सोच, हाम्रो काम गर्ने शैली, सामाजिक परम्परालाई पनि भत्काउन जरूरी
छ । विनिर्माण गर्न जरूरी छ । वर्णगत विभेदको जुन सिकारबाट प्रताडित हुँदै
आइरहेका छन् । त्यो समस्यालाई जरैबाट उखेल्न जरूरी छ । अनि मात्रै हामीले
समतामूलक समाजको निर्माण गर्न सक्छौँ । समतामूलक समाजले मात्रै देशलाई
समुन्नत र विविधतामय बनाउँछ । प्रकृति लम्सालको मृत्युले उठाएको अर्को
गम्भीर र अन्त्यहीन प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।