नेपालको आर्थिक प्रगतिमा बैङ्किङ क्षेत्रले ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको हुन्छ । यसले देशभरका व्यक्तिगत, व्यावसायिक र औद्योगिक गतिविधिहरुलाई पुँजी उपलब्ध गराएर आर्थिक विकासमा योगदान पु¥याउ“दै आएको भए तापनि राष्ट्र बैङ्कको नीति र सरकारको समग्र आर्थिक नीतिका कारण ‘म त डुब्छु, तँलाई पनि तानेर डुबाउ“छु’ भने जस्तै भएको छ । बैङ्कमा थुप्रिएको तरलतालाई खिचेर अर्थतन्त्र उकालो लाग्ला ? या बैङ्किङ क्षेत्र मोटाउने हो ? साधारण खर्च धान्नलाई बैङ्कको तरलता खिच्नुले नेपालको आर्थिक अवस्था कस्तो छ भन्ने बुझ्न गाह्रो छैन ।
बैङ्किङ तरलता भनेको बैङ्कहरुस“ग उपलब्ध नगद रोकड र अन्य तरल सम्पत्तिहरु हुन्, जसको माध्यमले उनीहरुले ग्राहकहरुलाई ऋण उपलब्ध गराउ“छन् । तर नेपालको अवस्था अहिले यस्तो छ कि बैङ्कस“ग रकम थुप्रिएको छ तर त्यो रकम चलाइदिने कुनै व्यापारी, उद्योगपति छैनन् । कुनै समय यस्तो पनि थियो, बैङ्किङ तरलतामा आएको कमीले ऋणको ब्याजदर बढाएर साना व्यापारी, उद्योगीहरुलाई चुस्ने काम राष्ट्र बैङ्कको निगरानीमा सम्भव हुनसक्यो । अहिले परिस्थिति उल्टो छ । अहिले ९ प्रतिशत भनिएको ब्याजदर कुनबेला १६ पुग्छ, टुङ्गो हु“दैन । बैङ्कहरुको ब्याजदरको स्थिरतामा सन्देहको वीजारोपण भएपछि को जाने ऋण माग्न ?
बैङ्किङ क्षेत्रमा उत्पन्न समस्याहरुको समयमै समाधान नगरेमा यसले दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले सरकार, नेपाल राष्ट्र बैङ्क र निजी क्षेत्रले समन्वय गरेर यस समस्याको समाधान गर्नुपर्छ । जबसम्म पु“जीगत खर्चमा सरकार चलायमान हु“दैन, तबसम्म बैङ्कको अवस्था झन् नाजुक बन्दै जानेछ । नेपाल सरकारले अवलम्बन गरेको अस्पष्ट र अप्रभावकारी आर्थिक नीतिलाई पुनर्लेखन गर्नु जरूरी भइसकेको छ । अर्को महत्वपूर्ण समस्या भनेको बैङ्कहरुले दिएको ऋण फिर्ता गर्न उद्योगी व्यवसायीहरुलाई गाह्रो भएको अवस्था छ । व्यापारी, उद्योगीहरुको लगानी नै डुब्ने खतरा भइसकेपछि बैङ्कले धितो लिलाम गरेर अर्थतन्त्र बलियो हुने हैन । अर्थतन्त्रमा ठूलो मन्दी र सरकारले ल्याएका अनियन्त्रित आर्थिक नीतिहरु नै यो अवस्थाका कारक हुन् । तरलता बढ्नाले बैङ्कहरुको आम्दानी घटेको छ र उनीहरुले आफ्नो दायित्व पूरा गर्न गाह्रो भइसकेको अवस्था छ । यदि यस्तो अवस्था कायम रह्यो भने केही बैङ्कहरु टाट पल्टिने सम्भावना बढेर गएको छ । नेपालको बैङ्किङ क्षेत्र दिवालियापनको अवस्थामा पुग्नुले भविष्यको राम्रो सङ्केत गरिरहेको छैन । यो सङ्कट केवल बैङ्कहरुसम्म सीमित नरहेर समग्र अर्थतन्त्रलाई प्रभाव पार्न सक्ने भएकाले अब यसका लागि कसले सोचिदेला भन्ने पीर चौतर्फी छ । यसले रोजगारी, व्यापार र उद्योगलाई गम्भीररुपमा असर गरिसकेको छ । यसलाई बेवास्ता गर्नु भनेको देशको भविष्यस“ग खेलवाड गर्नु हो, चेतना भया ।