पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन् । शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ । तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ।
पानी पिउनु किन आवश्यक ? शरीरले क्रियाहरू गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ।
शरीर भित्रका हरेक क्रियाहरूको लागी पानी अत्यन्त आवश्यक छ । पानीले शरीरको अङ्ग प्रत्यङ्गहरू र प्रत्येक कोषिकाहरूमा पौष्टिक तत्त्वहरू तथा अन्य आवश्यक तत्त्वहरू पु¥याउने काम गर्दछ । प्रत्येक कोषिकाहरूमा हुने क्रियाहरु पानीकै साहायतामा हुन्छन् । यी क्रियाहरुबाट निस्कने बिकारहरु पानीले नै विसर्जन अङ्गहरूमा पु¥याउँछ र शरीर बाहिर निस्कासन हुन्छ । पानीको अभावमा यी सारा प्रक्रियाहरू अवरुद्ध हुन्छन् जसले गर्दा हामीलाई रोग लाग्दछ । त्यसैले दीर्घकालसम्म स्वस्थ रहनलाई प्रयाप्त पानी पिउनु पर्दछ।
पानीको सेवनले शरीरलाई सक्रिय बनाउँछ । पाचनतन्त्रलाई स्वस्थ र सबल बनाउँछ; रक्त सञ्चारमा सुधार ल्याउँछ; मृगौलालाई सक्रिय बनाउँछ। पानीले शरीरभित्र रहेका हानीकारक तत्त्वहरूलाई नष्ट गर्ने कलेजोको काममा मद्दत गर्दछ ।
पानी कति पिउने त ? शरीरले आफ्नो क्रियाहरु गर्दा पानीकोे प्रयोग गर्नुको साथै शरीरलाई राम्रो परिस्थितिमा राख्न विभिन्न अङ्गहरूबाट केही मात्रामा पानी शरीर बाहिर निस्कासन गर्दछ । साधारणतया केही काम नगरी त्यतिकै बस्दा श्वास–प्रश्वास र छालाको माध्यमबाट ७०० मि.लि, दिसाबाट १०० मि.लि, पिसाबबाट १५०० मि.लि गरि लगभग २.३ लिटर पानी शरीरबाट प्रतिदिन बाहिर निस्कासन हुन्छ तर मौसम र हाम्रो कामको प्रकृति अनुसार शरीरबाट बाहिर निस्कने पानीको मात्रा घटबढ हुन्छ । शरीरमा पानीको सन्तुलन बनाइराख्न जति मात्रामा पानी शरीर बाहिर जान्छ त्यति मात्रामा पानी पिउनु अति आवश्यक छ । तसर्थ कुनै काम नगरी बस्दापनि २.३ लिटर पानी नित्य पिउँनै पर्दछ । कामको प्रकृति अनुसार अतिरिक्त पानीको सेवन गर्नु पर्दछ । जाडो याममा ३ लिटर र गर्मी याममा ४ लिटरसम्म पानी पिउन सकिन्छ ।
पानी सेवन सम्बन्धी नियमहरू सफा र स्वच्छ पानी पिउनु पर्दछ । अत्यधिक चिसो र अत्यधिक तातो पानी कहिल्यै पनि पिउनु हँुदैन । पानी सँधै बसेर चुस्की लिँदै पिउनु पर्दछ।
एकै चोटि अत्यधिक पानीको सेवन गर्नु हुँदैन । १ घण्टामा १ गिलासको (२५० मि.लि) दरले पानी पिउन सकिन्छ।
दिनको ३–४ लिटर पानी पिउनु पर्छ । नियमित रूपमा पानी पिउने बानी बसाल्नु पर्छ।
खानासँग पानीको सेवन गर्नु हुँदैन । खानासँग पानी पिउनाले पाचनक्रिया सुस्त हुन्छ र खाना राम्रोसँग पच्दैन । खाना खानुभन्दा १÷२ घण्टा अगाडि र खाएको १ घण्टा पछि मात्र पानी पिउनु पर्छ । तातो पानी अधिक पिउनाले पाचनतन्त्र कमजोर हुन्छ र खाना राम्रोसित पच्दैन ।
थाकेको अवस्थामा र धेरै पसिना आएको अवस्थामा चिसो पानी धेरै पिउनु हुँदैन । धेरै पसिना आउँदा पसिनाको माध्यमबाट शरीरको ताप बाहिर गइरहेने भएकोले चिसो पानी पिउँदा शरीरको तापक्रम घट्नगई प्रतिकूल असर पर्न सक्छ ।
विभिन्न रोगहरूमा पानीको सेवन उल्टीपछि पेट दुःखेमा तातो पानी पिउनु लाभदायक हुन्छ ।
अपचको समस्या भए खाना खानु भन्दा ३० मिनेट देखि ४५ मिनेट अगाडि चिसो पानी पिउनाले आमाशयका ग्रन्थीहरू सक्रिय हुन्छन् । इन्जाइम्सहरू राम्रोसित स्रावित हुन्छन् र खाना राम्ररी पच्दछ ।
ज्वरो आएको अवस्थामा चिसो पानी सेवन एकदमै लाभदायक हुन्छ । चिसो पानी पिउनाले शरीरको तापक्रम ०.४ डिग्री सेल्सियसको दरले घट्दछ र धड्कनको चाल पनि घट्दछ । छालाको समस्या भएमा चिसो पानी सेवन अत्यन्त लाभदायक सावित हुन्छ ।
कब्जियतको समस्या भएमा खाना खानु भन्दा १–१ आधाघण्टा अगाडि २ गिलास चिसो पानी खाने बानी बसाले कब्जियतको समस्या हल हुन्छ ।
बिहान उठ्ने बित्तिक्कै पानी पिउनाले पाचन सम्बन्धी रोगहरूबाट मुक्ति मिल्दछ र मुटुको समस्यामा पनि लाभ मिल्दछ । प्रशस्त पानीको सेवनले सबै रोगहरूमा फाइदा पुर्याउँछ । नोटः मुटुले राम्ररी काम नगर्ने रोगमा , मृगौलाले राम्ररी काम नगर्ने रोगमा, रगतमा नुनको मात्रा कम हुने र शरीर सुन्निने जस्ता रोगहरूमा चिकित्सकको परामर्श अनुसार पानीको सेवन गर्नुपर्दछ । डा श्रेष्ठ योग तथा प्राकृतिक चिकित्सा विज्ञ हुन्।