यासोक/बारी भरी हरियाली सुन्तलाका बोटहरु, अनि बोटमा लटरम्म फलेका सुन्तोला, तीनै सुन्तलाको बोटमा फोटो खिचाउँने मानिसको भीड पनि कम छैन ।
पाँचथरको कुम्मायक गाउँपालिका ४ रानिगाउँको दृश्य हो, यो । ‘गतवर्ष सुन्तोला बेचेर २ लाख कमाई भयो । यो वर्ष पनि २ लाख भन्दा बढि कमाई हुन्छ जस्तो लागेको छ । हर्सित हुदै कुम्मायक ४ की स्थानीय रामप्यारी सम्बाहाम्फेले बताइ्न् । उनको बारीमा १ सय ५० बोट सुन्तोला छन् भने, कतिपय बिरुवा पनि हुर्कदै गईरहेका छन् ।
व्यवसायीक रुपमै सुन्तोला खेती गर्दै आएका कृषक राम्रो फल लागेपछि हर्सित भएका हुन ।
गाउँपालिकाको रानिगाउँ सुन्तला उत्पादनको पकेट क्षेत्र हो । वर्षेनी सुन्तलाबाट लाखाैँ रुपैयाँ अम्दानी गर्दै आएका कृषक यो वर्ष पनि राम्रो कमाई हुने आसामा छन् ।
साविक वडा ६ र ८ मा १ सय २५ घरधुरी मध्ये ९७ घरधुरी कृषकले सुन्तोला खेती गर्दै आएका छन् । वार्षिक करोड बढि आम्दानी गर्दै आएका कृषक सुन्तलाबाट सन्तुष्ट देखिन्छन् । सदरमुकामको फिदिम–यासोक सडक खण्डले छोएको गाउँपालिकामा फलफुल निर्यात गर्न कुनै समस्या छैन् ।
सुन्तलाको बोटमा व्यापारी आएर मोल मोलाई गरि आफै टिपेर लान्छन् । यही पेसाले कृषकको जीवनस्तर फेरिएको स्थानीय बताउँछन् । ‘घरायसी व्यवहारदेखि छोराछोरीलाई भने जस्तो शिक्षादिक्षा दिन कुनै समस्या नभएको अगुवा कृषक राजु खतिवडाले बताए ।
उनले गतबर्ष सुन्तोला बेचेर ३ लाख ५ हजार आम्दानी गरे । यो बर्ष राम्रो फल लागेपछि उनि पनि सन्तुष्ट छन । खतिवडा भन्छन् । ‘‘मलाई दुई छोरालाई प्राविधिक विषय पढाउँने ठुलो धोको थियो । त्यो आज पुरा भएको छ । उनिहरुको पढाइमा वार्षिक ५ देखि ७ लाख खर्च लाग्ने भएकाले सुन्तलाले खर्च जुटाउँदै आएको छु ।’
कुम्मायक गाउँपालिकाले सुन्तला, कागती, बदम, अम्लिसो र अदुवाको पकेट क्षेत्रको पहिचान गरि कृषकलाई आत्मनिभर्र हुने कार्यक्रमहरु यसै आर्थिक वर्षबाट सुरु गर्ने लक्ष्य लिएको छ ।
समृद्धिको योजना नै कृषि र पर्यटन क्षेत्र भएकाले यस तर्फ हामी गंम्भिर भएर लाग्ने छौं । गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले भने ।
सुन्तला उत्पादन पाँचथरको फिदिम नगरपालिका, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका लगायतका स्थानीय तहमा हुदै आएको छ ।
पछिल्लो समयमा सुन्तला र कागतीको मुल्य राम्रो भएपनि यस वर्ष कागती कृषक फल नलाग्दा चिन्तित छन् । कृषि जन्य बस्तुको उत्पादनमा जिल्लाका स्थानीयतहरु गम्भिर नभएको प्रति उनिहरु गुनासो छ ।
पकेट क्षेत्र घोषण गरेको स्थानमा माटोको परिक्षण, बालीको प्रजाती र खेती गर्ने तरिकाको विषयमा परामर्शको व्यवस्था नभएसम्म कृषि पेशा सम्मानित र मर्यादित हुन नसक्ने अगुवा कृषकको भनाई छ ।