सोवेतो, दक्षिण अफ्रिका / दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् । एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ स्कुलमा यो आत्मरक्षा र बलात्कार हुनबाट जोगिन सिकाइएको पहिलो दिनको अभ्यास हो । अभ्यासका लागि कक्षाकोठाका डेस्क र कुर्ची भित्तामा ठड्याएर राखिएका छन् ।
सरकारी तथ्याँकमा दक्षिण अफ्रिकामा दैनिक ११० भन्दा बढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर यो संख्या सही नरहेको धेरैको बुझाइ छ किनभने बलात्कारका घटनाको रिपोर्टिङ यहाँ ज्यादै कम हुने गर्दछ । केही अध्ययनले १३ वटा बलात्कारका घटनामा एउटा मात्र मुद्दा प्रहरी समक्ष पुग्ने देखाएका छन् । पछिल्ला समाचारले दक्षिण अफ्रिकामा बलात्कारका घटनाको कहालीलाग्दो तथ्य सार्वजनिक भएको छ । सेप्टेम्बरमा एकजना १७ वर्षीयालाई चिकित्सकको वेशमा रहेका एक व्यक्तिले अस्पतालको प्रसूति वार्डमै बलात्कार गरे । अघिल्लो दिनमात्र ती किशोरीले बच्चा जन्माएकी थिइन् । त्यसै महिना एकजना सात वर्षीया बालिका राजधानी प्रिटोरियाको लोकप्रिय रेष्टुराँको शौचालयमा बलात्कृत भइन् । भिडियो फुटेजमा एक जना नग्न पुरुष भाग्दै गरेको देखिएको थियो । अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको महिला लिगले महिला सुरक्षाका सन्दर्भमा तत्काल कुनै कारबाही अघि बढाउनु पर्ने देखिएको छ । “हामीले सक्दो प्रयत्न गरेका छौं ... तर यौन आक्रमणका घटनामा कमी आएको देखिएन । त्यसर्थ, हामीले त्यस्ता पुरुषको रसायनयुक्त बन्ध्याकरण (केमिकल क्यास्ट्रेसन) गर्नुपर्ने माग गरिरहेका छौं,” लिगका महासचिव मिओक्गो माटुवाले बताउनुभयो । सोवेतोको अर्को कक्षाकोठामा पनि मोनोकोलीले आत्मरक्षाको तरिका मात्र होइन कि बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाउँछिन् । “कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,” उनी बालिकाहरुलाई सम्झाउँछिन् । “उनीहरुले एक किसिमको सन्देश दिइसके –– त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन ।” तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने ? उनी भन्छिन् - “जतिसक्दो ठूलो स्वरले चिच्याउनु ।” मोनोकोली बालिकाहरुलाई आत्मरक्षाका बारेमा स्कुलहरुमा तालिम दिने दक्षिण अफ्रिकाको सामाजिक संस्था एक्सन ब्रेक्स साइलेन्स (एबीएस) का लागि काम गर्छिन् । यस संस्थाले अनुचित र हिंसात्मक व्यवहार रोक्न केटाहरुका लागि कार्यक्रमहरु पनि चलाउँछ । एबिएसका संस्थापक देवी स्टेभन बालिका हुँदा आफै पनि बलात्कृत भएकि थिइन् । उनले बलात्कारका विरुद्धमा विद्यालयमा कक्षा दिने र विभिन्न कम्पनीमा सुझावहरु दिने काम गर्दै आएकि छिन् । यस कार्यमा उनले दशकौँ विताएकी छिन् । उनले एएफपीसँग भनिन्– दक्षिण अफ्रिकामा हिंसा सामान्य बन्दै गएको छ । तर यहाँ बलात्कारका घटना हुने गरेका छन् तर नागरिकले यसलाई बाहिर भन्नुभन्दा पनि मानिसहरुलाई समान्यजस्तो भइसकेको छ ।
सोवेतोको अर्को कक्षाकोठामा पनि मोनोकोलीले आत्मरक्षाको तरिका मात्र होइन कि बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाउँछिन् । “कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,” उनी बालिकाहरुलाई सम्झाउँछिन् । “उनीहरुले एक किसिमको सन्देश दिइसके –– त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन ।” तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने ? उनी भन्छिन् - “जतिसक्दो ठूलो स्वरले चिच्याउनु ।”
उनको बालिकालाई आत्मरक्षाको तालिम र सचेतनासम्बन्धी मानसिक विषयका कार्यक्रमहरुतर्फ आकर्षित गर्नुपर्ने सुझाव छ । यस्तो तालिमले बालिकाहरुमा आत्मविश्वास दिलाउँछ । धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । स्टीभनले दक्षिण अफ्रिकामा आफ्नै साथी वा पूर्व साथीबाट हरेक दिन दुईजना महिलाको हत्या हुने गरेको बताए । कक्षाकोठामा नीलो स्कुल पोशाक र लामा मोजा लगाएका बालिकाहरु बेलाबखत जिस्किन्छन् तर वातावरण निकै गम्भीर र केन्द्रिकृत हुने गर्दछ । “हामी तिमीहरुलाई थोरै जोड लगाएर पनि कसरी सहजै लड्ने कला सिकाउँछौं,” एकजना पुरुष प्रशिक्षक बताउँछन् । बालिकाहरुले सहजै कान तान्न र नाक फुटाउन सक्ने कला उनले सिकाइरहेका थिए । “हामी लडाकू हौं,” निकै उत्साहित देखिएकी ११ वर्षीया नोन्कुलुलेको बताउँछिन् । “मसँग एउटा अनौठो औषधि पनि छ, मान्छेलाई बेहोस पार्ने औषधि हो यो । यसले पनि लड्न मद्दत गर्दछ ।” एबीएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ । एकजना आमा माली मासोन्डोले हरेक परिवार र बालबालिकाको दैनिक जीवनमा बलात्कारको त्रास ज्यादै बढेको बताए । “कसलाई विश्वास गर्ने, कसलाई प्रेम गर्ने थाहा नै हुँदैन,” उनले दुःखेसो गरे । “कहिलेकाहिँ बच्चाहरुलाई कसैसँग बोल्न, हाँस्न दिँदा पनि डर लाग्दछ किनभने हरेक समय नकारात्मक कुरा नै मनमा खेलिरहन्छ ।रासस